Posted by: Jhilka February 25, 2006
It's time to split the country
Login in to Rate this Post:     0       ?        
यतिका बर्षदेखि देश बिगार्‍यो, कसले त भन्‍दा जसको हातमा डाडुपन्‍यु छ तेसैले। दुई चार जात बाहेक अरु त नेपाली नै होईनन जस्‍तो व्‍यवहार तँत्र चलायो, चलिरहेछ ऐलेसम्‍म पनि। सरकारी सेवामा कुनजातिको वाहुल्‍य छ? सेनामा को छन भुँडे र सुँडे हाकीमहरु जातको आधारमा हुर्केका? राजनैतिक पार्टीहरुमा नेता भनाउँदाहरु कुन जातका बाहुल्‍यमा छन? र, सोझो प्रश्‍न के भने देशको बागडोर हत्‍याएर पनि देशलाई दिनोदिन खत्‍तम पारेर के राजालाई मात्र सम्‍पुर्ण दोष लगाउने? राजालाई यो साईतमा यो नगर्ने, त्‍यो घडीमा यो शुभ काम गर्ने भनेर कुसल्‍लाह दिनेहरु को हुन? को हुन त ती आसेपासे र गासेँहरु? गाईखाने, सुँगुरखाने र जनै नलाउने नाक थेप्‍चोलाई पर राख्‍न पर्छ, कुसाईत पर्छ भन्‍ने को हुन? को हुन जगँबहादुरलाई गाईखानेको देशमा जाँदा आफ्‍नै गाई लिएर जानपर्छ, नत्र आसौच पर्न आँऊछ भनेर दिनहु सल्‍लाह दिने? अरु जातलाई भुस र कनिका ख्‍वाएर कति दिन राख्‍ने? कैलेसम्‍म तुवाँलोमा राख्‍ने? यो कुरा केही चनाखा सुबिधाभोगी जातहरुले ऐले बुझेर अर्कै रणनीति तयार पार्नमा व्‍यस्‍त छन। यतिका बर्षदेखि देश बिभाजन गर्न सम्‍म गर्‍यो जातपातको आधारमा। पुरनै गाह्रो हुने घावको खाडल खन्‍यो। एकातिर जननी जन्‍मभुमिश्‍छ स्‍वर्गादपि गरीयसीको खोक्रो नारा लगायो अनि अर्कातिर भारतको बनारसमा मर्न पाए स्‍वर्ग पुगिन्‍छ भन्‍दै आफ्‍नो पुर्खाभुमि मातृभुमि भारततिरै लागे। अब आएर जनजातिको आँखा खुल्‍दै आएको थाहा पाएर देशलाई बिभाजन गर्ने कुरा चलाकीपुर्ण ढगँले ऊठाउन थाले। माओवादीले पनि चलाकी गरी जनजातिका यथार्थ गुनासोहरुलाई समेटेका छन, तर पछि पावरमा आएभने फेरि लोप्‍र्‍याउने मात्र हुन। भटराइ, थापा, गिरी, बिषटा, राणा, मरिचे, चन्‍द, देउवा, कोहिराला, गोहिराला, नेपाल, भारत, लँका, जो आएपनि कानै चिरेको। पदमा बस्‍न चाँहि तयार तर जिम्‍मेवारी लिन चाँहि पर सरने मात्र हुन। कलले बिगार्‍यो त देश? को जिम्‍मेवारी छन देशलाई यो सकँटमा पुर्‍याउन? त्‍यही दुईचार सुविधाभोगी जातहरु। कनक दीक्षित, नारायन वाग्‍ले, मनरनजन जससी, खगेन्‍द्र सग्रोला, मन्‍जुश्री थापा, जस्‍ता सँसारका कुरा बुझेका बुद्‍धिजीविहरुले यस्‍ता दरिला प्रश्‍नहरु किन उठाऊदैन जोडले? किनभने कसले आफ्‍नो स्‍वार्थको हित चाहँदैनन र तर देशको स्‍वार्रथलाई सर्वोपरी राखेर काम गर्रने समय आएको छ। भित्री मनमा के छ कुन्‍नि पशुपतिनाथ जानोस, तर लेखाईको आधारमा भन्‍ने हो भने जातपात र समान अवसर सबैले बराबर पाउनुपर्छ भन्‍ने बिषयमा आशुतोष तिवारी उनका जातेपाते वर्ग जस्‍ता पुर्वाग्रहपीडित देखिदैनन। यतिका बर्षदेखि हामीले र पुर्खाहरुले गरिआएको घोर अन्‍यायको गोदाई खाईने भईयो भनेर देश बिभाजनको चाल चल्‍ने र आवाज ऊठाउने षडयँत्र खेल्‍न थालेका छन। पैसो बाहिर राखेर गुन्‍टा कस्‍न थालेका छन। गोददैनन जनजातिले, भागेर भारत जान पर्ने आवश्‍यकता छैन। सबै मिलेर नँया नेपाल बनाऔ जसमा सबैको बराबर हक हुनेछ। एउटा नेपालीले जातपातका आधारमा होईन, तर नेपालीको हैसियतमा बराबर देश सचालनमा, शिक्षामा र सबै क्षेत्रमा पुर्बाग्रहविहीन सेवा गर्ने सुअवसर पाऊनेछन। त्‍यो बिभाजनको सोचाइ बिकृत र हारेको मनस्‍थितिको उपज हो। देशलाई अहिले बिभाजनको होईन, साँचो एकीकरणको खाचो छ, सबैलाई समेटनसकने भावनाको जरुरी छ। नेपाल बिशाल छ, नेपाली मुटु दरिलो छ। तपाईमा साँच्‍चै नेपालीपन छ भने बितेका कुरा सम्‍हालेर एक हौ। हामी एउटै आमाकि सन्‍तान हो भन्‍ने घोकलाई ब्‍यवहारमा ऊतारौ। कति रुआँऊ यो नेपाली मनलाई???
Read Full Discussion Thread for this article