Posted by: Gautam B. February 25, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
हैन यो मुन्द्रेले क्या'र्न यस्तो लाज मानेको होला? अब लक्का ज्वान (जवान) केटो भ'र पनि ब्या'को कुरा गर्दा 'मेरो हैन, फलानोको हो' भनेर हिन्छ गाँठे! के बर्मचारी (ब्रह्मचारी) बस्ने मन छ? अब ब्या' नग-या मुन्द्रे छँदा छँदै मामाले मेरा लागि केटी खोज्दै हिन्लान् त? गाम्लेले पनि पत्याउनी कुरो पो गर्नुपर्छ। याम्कीसं आफ्नु लप झन झन बढिराख्या बेलाँ के के कुरा गर्छ यार यो मुन्द्रे पनि। पूरा पखराभरिमा हाम्रो जस्तो लप भ'को जोडी कसैले खोजेर देखाउन सके मार्दिनु ल! एक दुई वर्ष अलि कमाम् अनि भाण्टाङभुण्टुङ भेला पारम्ला भनेर याम्कीले भनी र पो त । बजारमा अस्थायी पाइन्छ के मुन्द्रे। यो मुन्द्रे विचरोलाई के थाहा स्थायी-अस्थायीको कुरो, भैहालो। अब त्यो बेलाँ बेलाँ बत्तिसपुतलीलाई त हेरिन्छ नि (याम्कीनभ' बेलाँ) । नत्र लिष्टिक- पाउडरको दुकान चला'को के काम लाग्यो र? कतै मामाले आफैँलाई केटी हेर्न पो थालेनन्? अचेल गाम्का बूढा जति बहुलाउन थाल्या छन्, के बेर?
Read Full Discussion Thread for this article