Posted by: Ocean February 25, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
लौ हेर त हाम्रा रकमी मामाले त गोतायेँलाइ नि झुक्याउन सक्नी र’चन ! के को मलाइ केटी खोज्न हिन्नु नि ति बुडा ! तेतीकुरो मनाँ ला’र अर्दिनी भा त भैयाल्तो के रे नि, हुन गुन मान्नी थिइन मैले क्यार्नु र ! :) हिजो यी काका को गनगन था’पासी मामा सँ नि एउपल्ट भेटेर कुरा अर्न परो भनेर भेट्न ग’को, कुरो त गोतायैँकै धेरै अर्न लाये मामाले । अब ब्या अरेको नि धेरैनै जो साल भएसको, सपै दामलीका २-३ टा भन्ट्याङ भुन्टुङ पनि भैसके तै पनि यो गोतायैँको केइ सुरसार छैन । कइले कैले याम्कीसँ कल अरेर हप्ता दशदिन घरै आम्दैन अरे पनि भन्ते । धाराँ पानी थाप्न जाँदा याम्कीका कुरा माइजुले सुनेइ रचिन, “हाम्रा खसम त घरै आम्दैनन्, त्यै किरिम पाउटर दोकाना सदैँ आइराख्नी एउडी बत्तिसपुतली सित यीनको सारै हेमचेम बडिच आचेल” भनेर रोइथिन अरे ।माइजु का कुरा सुन्दा त मलाइ नि कस्तो कस्तो लाओ के रे । यम्कीले सन्तान दिन सकिन भनेर गोतायैँले आर्को उपाय खोजेया झैँ मान्या रचन् हाम्रा मामाले पनि ! :) अब तो बत्तिसपुतलीसँ अजै कुरो बड्न थालो यीनको भने त रा्म्रो नहोला, ब्या अरेर ल्याओ भने गाम मा मेलापात अर्न पनि सउतिन तेल्ले, के गरेर खाली र । याम्की सारै शिलकी छ के रे, दुइटी भएनी समेल्ला नी केटाले बरु बेलैमा राम्रो घरानकी काम अरेर खान सक्नी एउडी फेरी खोज्दिन परो केटालाइ भनेर मामा आज गामतिर उकालो ला’का हुन अरे, माइजुले तसै भन्तिन् ! काकासँ नी पक्कै कुरो अरेका होलान के रे । कस्ता रकमी रचन यी मामा ! सोजो कुरो भन्द्या भे नी हुन्तो नि बरा गोतायेँलाइ ! :)
Read Full Discussion Thread for this article