Posted by: Gautam B. February 25, 2006
Login in to Rate this Post:
0
?
बेंशीघरे लोकेको चिया पसलाँ चिया पिऊँदै थिएँ, मुन्द्रेका मामा आईपुगे।
"मामा, कता हो त?" मामाका लागि चिया आडर (order) गरेर मैले सोधेँ।
"केटी हेर्न हिनेको गोताएँ भाञ्जा!"
"केटी हेर्न रे?!" पहिला त झस्किएँ म, हिजो सम्मको काकाको उपद्रो सम्झेर। तर यी मामा भने आफैलाईँ केटी खोज्न हिनेका नहोलान्।
"अँ हाम्रा मुन्द्रे भाञ्जा बाउ (भाञ्जा बाबु) लाई केटी खोज्नु परो भनेर हिनेको।"
"अनि मुन्द्रे त टुप्पी बाँधेर पढ्न थाल्या छ भन्या होइन? पढाई नसकी ब्या' गर्छ र तेल्ले?"
"पढाई त अब सक्किहाल्छ नि।" चियाको पहिलो घुट्को लिएर मामा बोले। "भाञ्जाले पुरान लेख्दै छन् रे। त्यो पुरान सकेसी' त पण्डितै भइहाल्छन्। सके नेपालकै एक लम्बरी (१ नम्बरी) पण्डित होलान्। कमाउन पनि राम्रै कमाउलान् भाञ्जा बाउले।"
"तो एक लम्बरी भन्दा त दुई लम्बरी (२ नम्बरी) भ'को झन राम्रो मामा। कमाई पनि धेरै हुन्छ। मेरो विचारमा मुन्द्रे त दुई लम्बरीनै बन्छ। पहिला खोपी-तास खेल्दानै दुई लम्बरी हुने पारा ल्याईसक्या'थ्यो। हुने विरुवाको चिल्लो पात मामा।"
"ठीक कुरा ग-यौ गोताएँ भाञ्जा।" मामा दंग परे। "माथि गाममा बढेका-लायकका केटी कत्तिको छन्?"
"जत्ति भने पनि छन् मामा। बरु आज शनिबार, सप्पै घरमै होलान्। मामा उकालो लागिहालेकै राम्रो।"
मु्न्द्रेको आजै उद्धार होस्! कुन चाहिँनीको निधाराँ लेख्या छ कुन्नि मुन्द्रे स्याहार्न!
त्यसपछि मामा आफ्नो दुई लम्बरी भाञ्जा बाउलाई केटी खोज्न गामतिर उक्लिए।