Posted by: Birkhe_Maila February 24, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
हिजो रातभरि कुरेर आज सखारै तेल पेलेर फर्किँतै थेँ बाटाँ कान्ला मास्तिराट घोइरो घोइरो गिद गाआ अस्तो माने। यसो एउडा ढुङ्गाँ खुट्टो लाखेर हेर्या त अँध्याराँ काका र काकीओ फेरि चाइन्जो लप पर्दै रेछ र मजाले गिद गाम्तै रेछन्। त्याँसि म नि काकओ दिमाखा भूत उत्रेच भनेर ढुक्क भ' र घरतिर लाएँ। काकी- अब त जाउँ क्यारे घर भाले बास्यो डाँडैमा घाम लाग्यो काका- नबासे जूनपंखी भाले लाउन दे जुग जाने पिरती काकी- आइपुग्यो बिहानि तारा घरबारिको बैरि छ रेलिमाई काका- खाइ मिठो भैँसिको दूध नखाई मिठो माया यो रेलिमाई काकी- अब त जाउँ माया रेलिमाई बिहानी उज्यालो भैसक्यो काका- पारि पिपल वारि छ बर उज्यालो भएर के भो र काकी- आज लाई बिदा देऊ माया लाउँदैनौ र जुग जाने पिरती काका- बस बस नजाऊ छोडेर लाउँला माया कम्मरै कसेर काकी- अब त जाउँ क्यारे घर भाले बास्यो डाँडैमा घाम लाग्यो काका- नबासे जूनपंखी भाले लाउन दे जुग जाने पिरती
Read Full Discussion Thread for this article