Posted by: Dada_Giri February 24, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
गोताएँ ओरालो लाम्दो, म पानि टुप्लुक्क काकाआ घर पुगेँ। अनि यसो पिँढिमा बसेर झ्यालको चरबाट सुनेको त मझेरीमा काका र काकीको लप परेछ, ऊ बेला काकाले काकीलाई पट्ट्याम्दाखेरिको गीत गाउँदै नाचिराखेका। "हैन के को रतौली हो?" मलाई आँफैलाई लाज नलागोस् भुनेर आवाज दिएँ। अनि २टै साम्य भए र काकीले "अब काकाको जागिर छैन दादा मरिच राखेको चिया खाऊ!" भन्दै चिया पकाम्न थालिन् मरिच र अदुवा राखेर। मलाई र काकालाई मरिच राखेको चिया मुन पर्छ के। काका भने गाईलाई कुँढो ख्वाम्न गोठतिर लागे। म नि हिने गोरुलाई खोले ख्वाम्न। आज जोत्नी हो के।
Read Full Discussion Thread for this article