Posted by: kick February 24, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
मेरी आँवै नि हो, के सारो झिमरी (बारुला)ओ गोलाँ जो हात हाले झैं भएच ए गाँठे हुन नि। के हो ए लंठू हो, बुडो मान्छेले मनाँ लाको कुरो नि अर्न नपाइनी, मनओ गाँठो खोल्न नि नपाइनी भन्नी छ? काँ को नियानिसाप हो यो? बुडाओ त मनै हुन्न, पत्थर जो हो, घराँ राम्री तरुनी स्वास्नी राख्नी रहर नि हुन्न भनेओ छौ कि के हो तिमुरले? हिँज सम्म तुरी देखाएर हिन्नि स्वाँठहुरले आज काकालाई नानाथरी भन्नी? पखओ तिमुरलाई! जानेओ छु नि पालो फेर्न बेला आएसी। तिनी मास्टर्नी नानी त झन कान्छी ल्याए भनि काकालाई मुलुकी ऐन लाम्न पर्च, समाजै बाट जो बइस्कार अर्न पर्च, लखेट्न पर्च भन्दै हिनेओ छिन रे। गामओ महिला संघ की अदच्छे के भकी थिन तिनी अगिल्ला मैना, न्यादिसै जो आफै हुम झैं अर्नी। मेरी बुडीलाई नि आएर 'नडराम्नुस काकी, काकाले दायाँ बायाँ अरेचन भनि हामी छम। जुत्ता-चप्लीओ माला, कालो मोसो ठीक्क पारेर राखेओ छम' भनेर भन्तिन रे। मेरा इस्ट भन्नी कोइ रइन्चन यो गामाँ। क्यार्नु तेइ साँइलो र सिरे केटो मत्रै जो रैचन परेओ बेला आड दिनि, बुडो काकाका नि रहर होलान त के रे नि भनेर कुरो बुज्नि। तो मुन्द्रे नि के भको हो आजकाल? पैले पैले त जे अराए नि मान्तो। अइले त ज्याद्रै जो बाउँठे भएर निस्केओ छ। पख्लास तलाइँ! तो लंके हो कि थाने भन्नी हेर्दै झल्लो जस्तो देखिनि लंठूले त झन भओ नभओ कुरो लाम्दै हिन्दै छ रे। तो आइनेफाँ काम अर्नि एउटी कुइरीसित बुडा सल्के रे, तेसै सित जो लाएर हिँडे रे भन्च रे। बिर्खे जिम्माल चैं फेरी 'अरुलाई के का धन्दा घर जवैँलाई खानओ धन्दा' भने झैं मेरो बोउसी झार्नि निउँआँ मेरै जो भाले काट्नी रे। अनौठै छ गाँठे तिनको चाल पनि! हिँज चौपारीआँ कुरो खोलेसी गाम भरी जो ढ्वाङ फुकेचन के रे, आकाश पाताल पारेचन। बुडीओ कानाँ कुरो पुग्नि जो भओ। घर पुक्चु भन्दा त बुडीले त तमाशा जो अरि के रे। बुडी त जगल्टा फिँजाएर, भुइँआँ थचार्रेर डाँको छोडेर रुन्ची के रे। एउछिन त के अरम कसो अरम जो बनाइ। त्याँसी 'किन तेसो अरेओ छिस् ए डंकिनी? के को आजै जो राँड भए झैं अरेओ छिस? मलामी जो आउनी गराउलिस फेरी, चुप लाइहाल् त्याँ' भनेर बेसरी जो हकारेसि बल्ल छोडि। त्याँट 'मैले के अरेओ छु र मलाई छोड्नी कुरो अरेउ नि तिम्ले ए मेरा खसम, ए मेरा स्वामी' भन्दै अनेक विलौना जो अर्न लाइ गाँठे। ए मेरी बास्सै, के सुन्न परो आज त भन्दै म त छक्कै जो परेँ। मुखओ छुरो भएनि भित्र त मय अर्न त छोडेओ रइन्ची बुडीले भन्नी भओ। तेति जातिबिति जो मय अर्नि भए किन तेस्तो थतुनो लाउन पर्नि रैच र हो? तेल्ले ज्याद्रै जो अरेसी चैं मेरो नि मन पग्लो के। त्याँट मैले नि 'तलाइँ छोड्चु भनेर त काँ भनेओ हुम र? तिनी गाम्लेहुर काँ का गतिला छन र? मुखओ मत्रै मीठा पो हुन के रे नि। तँ र म एत्रा बर्ष सम्म नि ढूकुरओ जोडी जस्तो मिलेर बसेओ देख्न नसकेर डाह लाएर पो तथानाम बोल्दै हिनेआ हुन के रे नि। कुरो बुजे पो त तँ लाटीले!' भनेर प्याट्ट एक लबेटो गालाँ हानेसी बल्ल फक्किइ। त्याँट हाम्रो कुरो मिलो। हिँज राति त खानि बेला भाताँ नि एक डाडू तात्तातो घीऊ हाल्दि बुडी ले। पैले पैले त घीऊ माग्दा तेइ डाडूले जो थाप्लाँ हान्न खोज्ति के रे। शुरुआँ त के दशा लाएर कान्छी लेउँचु भनेचु भन्नी भओ, बोले पासो जो भओ भन्नी भओ। तर आखिराँ गएर चैं जे भओ राम्रै जो भओ गाँठे।
Read Full Discussion Thread for this article