Posted by: Birkhe_Maila February 23, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
हाम्रा लाउरे दाईले टाउकाँ फेटा लाम्ने मुन्छेओ देशाँ (पन्जाब) गर आम्दा यसो भन्ने अर्थे -"चढि जवानी बुड्ढे नु"! बुडेसकालाँ कइलेकाईँ जिब्रो लाट्टिन्छ रे अनि चाइन्जो पिरो, अमिलो खान मन लाउच रे। घराँ पाक्या दाल भात पच्तैन रे! हाम्रा काका बुडाओ इस्थिती नि एस्तै भएच। अस्ति सम्म त म सअँ तमाखु खाँदा सुटुक्क कइलेकाईँ भन्ने अर्ते, तर हुँदा हुँदा सपै गाम्ले सअँ भन्तै हिन्न थालेचन्। नाति नातीना खेलाम्ने उमेराँ के बइँस चडेओ होला बुडालाई! कताटी काकीआमाले नि चाल पाइचिन् रोएर हत्ते अरिन, "लौ न बिर्खे बाबु केइ अर्नु परो, तेरा काका यस्ता त थेनन् भूत सुत लाओ कि?" भन्तै काकि रुन थालेओ देख्ता मलाई नि रिस उठो।"भूत लागेओ हैन काकिआमा बौसि लाएओ हो, तपाईँ चिन्ता नअर्नुस एउडो झाँक्रि खोजेर ल्याम्चु म झाँक्रिले काम्दै फाली ततार बुडाओ तिघ्राँ 'झ्वाइयँ" अर्ने अरि डामेसि बौसि सौसि सपै हराम्च" भनेर भनेसि बल्ल बुडिओ मुखाँ घाम लाए अस्तो भो। त्याँसि काकि बुडिलाई एउडा कुखुराओ भाले खोज्नुस भनेर मु चाइ झाँक्रि खोज्दै हिनेओ। बरु गाम्लेले कतै देख्यौ कि झाँक्रिलाई अस्ति कैले हो त यइँ चौतारिआँ " मनुवा" भन्तै काम्दै थ्यो त..
Read Full Discussion Thread for this article