Posted by: kick February 23, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
मदेस तिराट गाम फर्कदा फर्कदै खुशीओ खबर सुन्न पाइयो। दादाले छोरी पाएच के रे ‍एसफेर। लौ राम्रो भओ। ब्वारी र नातिनी बूनुलाई आशिर्बात सुनाइदेस्। धेरै दिन देखि जो मना एउटो कुरो खेलेओ खेलेइ थो। फेरी चौपारा आउनेहुरले खिसि अर्लान भनेर मुख फोर्न सकेओ थेन। धन्न यो गोताएँले कुरो खोल्दो र मनओ कुरो अर्न पाएर भको पीर आधा जो घटो गाँठे। कन्नाँ भको टनटनी दुख्नि पिलो फुटाइदे पछि हुनि सुख जस्तै भओ लौ। सुके लूतोलाई लामा नङ भका अम्लाले बोरोत बोरोत कनाम्दा हुनि जस्तै आनन्द भओ। हुन नि तेरी काकीले ज्याद्रै जो अर्चि के हिँजआज त। के अर्नि हो? छुरो मुख भानि पैले पैले त ज्याद्रै जो राम्री, परी जो जस्ती थि के रे, तेइभर ठीकै थो। अइले त मुख भरि नि चाउरी, दुइटै जो फाचाँ झोल्लेर नाइटा निर आइसके, थुतुनो चैं उस्तै छुराओ छुरै। मनै नमान्नि के। तेसैओ झोकाँ एत्रैसिति भनेर बटौली तिर लागेओ हुम के रे। पुग्नि भए त उतै जो बस्न हुन्तो, नभएसी क्यार्नी फर्कनै परो। ओए गोताएँ, बरु तेरा मावलतिर बुढी कन्ने बसेआ तेरा सानिमाहुर छैनन? अपुर लंठूहुरका बुढी कन्ने फुपैहुर पो छन कि? लौन यो बुढीलाई त देखाम्नै पर्नि भओ के। एल्लाई गोठ तिर घुचट्न परो, कान्छीलाई मूल घराँ भित्राम्नु परो। एत्रै सिति जे त पर्ला!
Read Full Discussion Thread for this article