Posted by: Birkhe_Maila February 19, 2006
Login in to Rate this Post:
0
?
एउटा टाँस्न लागिरहेको थिएँ!
खै माष्टरनी नानीलाई नदेखेको केहि दिन भयो शायद व्यस्त हुनुहुन्छ होला।
ल मेरो नयाँ गाउँ -
भूतमहल-
लाखौँ पदचापहरु,
मलाइ मेरो भविश्य सम्झाउँदै
सुटुक्क मेरो कान छोएर जान्छन्
र भन्छन्-
तँ पनि आइज हामि संगै,
त्यो भूतमहल भत्काऊन!
जब सम्म त्यो महल रहन्छ,
तेरो भविश्य अँध्यारो हुनेछ!
तेरो अस्तित्व त्रसित रहने छ!
अनि म सतर्क हुन्छु र हेर्छु,
तिनका पाईलाहरु बढिरहेको
कुनै दीब्य पर्वत तिर,
जहाँ भोलीको सुर्योदय संगै,
त्यो महल विस्फोट गराउने
योजना बन्दै छ
र जहाँ म जस्ता
करोडौँ “प्रजा” हरु,
नरकंकाल रहित
आफ्नै घर बनाउन चाहन्छन्!
र घरको कण कणमा,
सास फुक्न चाहन्छन्
एउटा दीव्य समाजको!
र त्यहाँ शान्ती पाठ अनि
महामृत्यून्जयको आफ्नै
“तन्त्र” फुक्न चाहन्छन्!!