Posted by: Gautam B. February 19, 2006
Maila nani raichhau beimani
Login in to Rate this Post:     0       ?        
वायुपंखी(highfly)जीको कुरामा मेरो पूरा सहमति छ। रुबिनको भविष्य के त? नेताहरुले हिजोका दिनका अरु यस्तै रुबिनहरुलाई भुलेजस्तै यो रुबिनलाई पनि भुल्ने त हैनन् भोलि सत्तामा पुगेपछि। फेरि रुबिनको उमेरको मान्छेको ठाऊँ स्कूल हो सडक होइन। मलाई थाहा छैन सात दलका तर्फबाट रुबिनको शिक्षाका लागि केहि पहल भएको छ कि छैन। छैन भने त्यो भन्दा ठूलो गद्दारी केहि पनि हुन सक्दैन। केटोले एउटा गतिलो कलाकार हुने क्षमता राख्छ,उसलाई सडकमै मात्र छोडिदिनु भनेको देशलाई धोका दिनु हो। मेरो संसारले रुबिन भाईको शिक्षाको लागि पहल गरेकोमा धेरै धेरै साधुबाद।
Read Full Discussion Thread for this article