Posted by: Echoes February 19, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
श्री५-- तपाईंले उल्लेख गर्नुभएका लवज (dialect?) हरु मध्ये अधिकांश त तनहुँ (मेरो जन्मस्थल) लगायत सम्पूर्ण पश्चिमी भेगमा मेरो बिचारमा अझै पनि सकृय प्रयोगमा छन्, त्यसैले भलै अस्वत:स्फुर्त, ती मेरा लागि अपरिचित परेनन्! यद्धपी, यी मध्ये कतिपय शब्दहरु चाँहि पश्चिमका पनि ठाँउ बिशेषमा मात्र सिमित छन् । मैले पछिल्लो लेखाईमा सुचिबद्ध (list?) गरेका शब्दहरु चाहीं तनहुँ र स्यांञ्जा को सिमाना तिरका परे होलान् । त्यतिबेला मामाघर (किहुँ) जान खैरेनीटारबाट भिमाद गएर तीन घन्टा हिंड्नु पर्थ्यो, या कहिलेकाँहि घोडा चडेर (मामाघर जाने मुख्य आकर्षण!!!) गईने । कुन राजाको पालादेखि चाहीं तनहुँमा जोडेको तर पहिले पहिले स्यांञ्जा नै पर्थ्यो रे । तर बिहेबारी एबं अन्य आदानप्रदानका कारणले रहनसहन र संस्कारमा पूर्णत: स्यांञ्जाली (मेरो बिचारमा, बिशेषत: लुब्धिखोला, ज्याग्दीखोलाको) प्रभाव भएको ठाँउ । धेरै रमाइलो हुने गर्थ्यो, तर अहिले त बर्षौंदेखि वहाँहरु मधेश वा काठमान्डुमा बसोबास गर्नुहुन्छ, त्यसैले मामाघरको उही चित्ताकर्शक्त्वा (charm?) रहेन ।
Read Full Discussion Thread for this article