Posted by: sajhabusaima February 19, 2006
KATHA-BYATHA
Login in to Rate this Post:     0       ?        
यो कथा होइन एउटा यथार्थ घटना ।यो घटना घटेको धेरै भएको छैन र घटनामा पिटाइ खाने ब्यक्ति नजिक बाट चिने जानेका मान्छे हुन । तराइ को बसोबास अनि जाडो महिना ५ पनि बज्न नपाउदै घाम का किरण हरु चुरिया पाहड को फेदि हुदै हराए पनि पाक्न लागेको बालि , सिचाइ बिना चिरा चिरा परेका खेति ले किसान लाइ भुलेको हुदैन ।धान को सिजन , सिचाइ को अभाब कुलो कुरेर रात काटनु पर्ने बिबसता र साझ बिहान नभनि खेति को लागि जुटनु पर्ने बाद्धयता एस घटना का ब्यक्ति (कान्छा दाइ) को दुर्भागय थियो। दुइ छोरि एउटा छोरा, सबै काठमाण्डौ बस्ने पढने उहि बुढा बुढि घर मा खेति र बस्तु भाउ का लागि रहेका । कुरो मंगसिर महिना यहि साल को हो । धान पाक्न लाइ घाटि घाटि आईसकेको थियो कान्छा दाइ को खेत मा । कुलो मा पानि कम हुने (जाडो महिना मा )भएको ले दिन भरि जति प्रयास गर्दा हुदैन थियो त्यि बुढा बाट, र भोलि त पानि लगाउछु भोलि लगाउछु भन्दै हप्ता दिन बित्यो तर पानि खेति सम्म पुर्याउन सकेनन् उनले । त्यस पाछि गाउ का एकजना भाइ लाइ लिएर राति कुलो कुर्न लागे खेत को मुहान मा खेत सिचाउनका खातिर । रात त जसरि तसरि काटे २जना ले झिसमिसे बिहानि भयो , गाउले भाइ कलेज जानु पर्ने घर फर्कियो कान्छा दाइ लाइ एक्लै छोडेर । तर त्यो दखेको साहि कुकुर हरु ले यसलाइ गलत अर्थ लगाए, उनिहरु ले कान्छा दाइ लाइ पहिला पिटन सम्म पिटेछन त्यहि केहि नभनि र को हु नभनि कन जब कान्छा दाइ का कान बाट रगत निक्लिन थाले त्यसपछि एउटा ले भनेछ त को होस र तेरा साथिहरु कान्हा छन भनेर? बुढा ले कुरा बुझेनन उनिहरु को के मतलाब भन्ने र सोधेछन को साथि ? त्यसपछि झन पिटेछन त माओबादि होस र तेरा साथि हरु कान्हा छन भनेर। कान्छा दाइ ले भने छन एक छिन सम्म त म माओबादि होइन म किसान खेत मा पानि लगाउन आएको किसान तर कसले सुन्ने उनका कुरा त्यस पछि उनलाइ डर लाग्न थालेछ मार्छन कि त्यहि भन्ने ।उनका मुख बाट बोलिहरु निक्लन पनि सकेका थिएनन् र झलझल्ति सम्झेछन माढि मा मारिएका यात्रु हरु, अनि ३ वटा वच्चा , घर मा प्रतिक्षा गरिरहेकि बुढि। ऊनि भाग्यमानि रहेछन डाडाघरे घर्ति दाइ दिसा पिसाब गर्न त्यहि बाटो भएर खोला लाग्दै रहेछन । उनले आर्मि हरु जम्मा भएको देखेछन र सोचेछन कसले बम छोड्यो होला भन्ने तर जब त्यहा पुगे उनको होस ले काम गरेन कान्छा दाइ को हालत देखेर। यति खेर आर्मि लाइ कान्छा दाइ टोक्नु न भएको थियो मार्न पनि गाउ सँगै थियो र उज्यालो लगभग भैसकेको थियो ,छोडन पनि मर्ने हालत मा पुगिसकेका थिए पिटाइले गर्दा उनिहरु लाइ त्यहा घर्ति दाइ को आगमन ले झन सजिलो गराइदियो। उनिहरु ले घर्तिदाइ लाइ सोधैछन "के त यो मान्छे लाइ चिन्छस "? घर्तिदाइ ले भनेछन चिन्छु । त्यसपछि उनको हस्ताक्षर लिएर साहि कुकुर हरु बाटो लागेछन । घर्ति दाइ कान्दा दाइ को जिउदो लास पिठुमा बोकेर गाउ छिरेछन । सबै को रुवाबासि सुरु भएछ मर्यो भनेर । घर सँघै का बिष्णु दाइले ट्याक्ट्रर मा हालेर कान्छा दाइ लाइ नजिक को डक्टरको पु्राउदा उनलाइ रगत कम भेसकेको थियो रे सरिर मा ।एम्बुलेन्स भनेको सुनेका मात्र त्यो गाउ मा सि म ए पढेका डक्टर हरु ले के गर्नु उनले भनेछन सक्दिन हस्पिटल लैजानुस । ट्याक्टर मा राखेर बिष्णु दाइ ले हस्पिटल त पुर्याउनु भयो तर उहा सँग पैसा थिएन फेरि त्यहि हस्पिटल मा काम गर्ने एकजना उहा ले चिनेको मान्छे सँग पैसा मागेर , औसधि किनेछन । अहिले कान्छा दाइ ले राम्रि सुन्दैनन् बैरा जसता भएका छन रे र हिनडुल गर्न पनि बैसाखि चाहिदो रहेछ त्यो त मैले फोटो मा पनि देखे,। दुख लागयो, जुन कुरा सुने पछि ३-४ दिन त म साझामा पनि आइन आफुलाइ आफ्नो देस कुन हो भनेर सोध्न मन लाग्यो र कता कता सोचे नेपाल मा कहिले सम्म सैनिक साहि सरकार को मात्र हुने किन जनता को लागि केहि गर्दैनन यिनि हरु ले जनता कै पैसा मा लुट गरेर पनि। अनि कति अरु कान्छा दाइ हरुलाइ पिरेका होलान यिनिहरु ले अनि खै कान्हा छ त्यो मानब अधिकार भन्ने जन्तु ?
Read Full Discussion Thread for this article