Posted by: Nepe February 18, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
चौतारीको नयाँ संस्करणको उद्‌घाटन भव्यताकासाथ गर्ने जुन परम्परा बसिसकेको थियो, त्यसलाई कायमै राख्‌नु चौतारीको आकर्षण र हितमा छ जस्तो मलाई लाग्छ । यस विषय र अहिले सानले ३०० खुटकिलोको बाँध खोलिदिए पछि चौतारीको पुराना संस्करणहरु कुराकानीको दहमा पौरिरहँदा जुन भाँडभैलो जस्तो देखिएको छ त्यसलाई समेत व्यवस्था गर्न सुझाव पठा'को थिएँ सानलाई, लगनको बेलाँ हगन जस्तो पो हुने हो कि क्या हो । मेरो सुझाव के थियो भने, एक, पुराना संस्करणहरुलाई यथावत बन्द गरियोस् र, दुई, "Chautari XYZ.." भन्ने शिर्षकलाई रिजाप राखेर जस्ले त्यो शिर्षकमा नयाँ धागो खोल्न खोज्छ, त्यसले निम्न सन्देश देखोस्, "'साझा चौतारी' को नयाँ संस्करण को श्रीगणेश गर्न देखाउनु भएको उत्साहको लागि धन्यवाद । कृपया निम्न तीन कुराहरु समाबेश गरेर मात्र नयाँ थ्रेड शुरु गर्नुहोला, १) चौतारीको तस्बीर, २) उदघाटन वक्तव्य र, ३) पूर्व संस्करणका प्रमुख योगदाताहरुलाई धन्यवाद ज्ञापन ।" कतै मैले धेरै ढस्सा त देखाईनँ ? दम्तरीहुर र सान साहु जसो भन्छन् ।
Read Full Discussion Thread for this article