Posted by: Birkhe_Maila February 18, 2006
Nepali Songs Playing On My Mind And Soul......
Login in to Rate this Post:     0       ?        
आकाशैमा चिल उड्यो धरतीमा छायाँ गाँठो पारि बाँधि राख मेरै चोखो माया आहैSS रेशमको रुमालैमा बैशमा समून्द्र पनि तरौँ तरौँ लाग्छ फाँसि लाई झुण्डिएर मरौँ मरौँ लाग्छ आहैSS तिम्रो त्यो कपालैमा दिउँसो भरि वारिपारी साथि संगि छन भेला बरु मलाइ भेट्न आऊ सांझको बेला आहैSS पारिको जंगलैमा माया पिर्ति लाएपछि दुनियाँको के डर जीबनमा एक पल्ट नफँस्ने को छ आहैSS मोहनी जंजालैमा कमिज पतलुन लगाऊने नक्कले म ठिटा तर जन्तिहरुसित बाँदि आउँला है फेटा आहैSS दौरा र सुरुवालैमा आहैSS रेसमको रुमालैमा आहैSS तिम्रो त्यो कपालैमा आहैSS मोहनी जंजालैमा
Read Full Discussion Thread for this article