Posted by: Nepe February 17, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
मेरो विचारमा गजलको आरम्भिक अभ्यास गर्दा अपवाद होईन नियम पछ्याउनु उत्तम हुन्छ । अपवादको पछि लागेका भए शिरीष आजको शिरीष हुने थिएनन्, यो म किटेरै भनिदिन्छु । शिरीषले गजलमाथि जुन आधिकारिकता हासिल गरेका छन् त्यो मात्र होईन त्यस आधिकारिकतासंगै स्थापित प्रेम र लगाव पनि शायदै हासिल गर्थे शिरीषले यदि गजलको सट्टा उनले शुरु शुरुमा नाम दिएका 'फजल' (स्वच्छन्द गजल) मा नै रमेका भए । विन्यासगत कठीनाई भएता पनि गजल एउटा विशिष्ट उद्देश्य पुरा गर्ने एक विशिष्ट विधा हो । गजल कविताको बौद्धिकता र गीतको हार्दिकताको सेतु बन्न पुगेको छ रचनागत छनौट (natural selection) को कारणले । त्यसैले भविष्यका बौद्धिकताउन्मूख कला उपभोक्ताहरुमा यसको माँग अझ बढ्न जाने देख्छु म । त्यसै अनुरुप उत्पादकहरुको संख्या र कुशलता पनि त बढ्नु प-यो नि ।
Read Full Discussion Thread for this article