Posted by: once in a while February 17, 2006
Bamdev & American Ambassador
Login in to Rate this Post:     0       ?        
बुधवार व्यक्त विचारबारे, महामहिमले राजालाई तत्काल प्रमुख राजनीतिक पार्टीसित वार्ता गरी प्रजातन्त्र पुनर्बहाली गर्न सुझाव दिनुभएको छ । यस्तो सुझाव दर्जनभन्दा धेरैपटक राजालाई दिइसक्नुभएको जानकारी जनताले थाहा पाएका छन् । राजदूत महोदयले राजालाई दिनुभएको सुझावलाई म अनुचित भन्न सक्दिन । तर राजा निरंकुशताको बाटोमा एकोहोरो सुरिएर हिँडिरहेकै छन्, किन ? किनकि राजा कथित आतंकवाद समाप्त पार्ने बहानामा निरंकुश राजतन्त्र बलियो बनाउनमात्र लागेका छन् । कथित आतंकवाद समाप्त गर्न आतंकवादलाई होइन, राजाले पहिलो प्रहार नेपाली जनताको संवैधानिक व्यवस्था र प्रजातन्त्रमाथि गरे । उनले शाही सेना, प्रहरी र प्रशासन सबैलाई कब्जामा राखी तिनैलाई दुरुपयोग गरे । राजदूत महोदयले यसपटक पनि राजालाई दिएको सुझाव भनेको राजनीतिक पार्टीहरूसित मिलेरमात्र आतंकवाद समाप्त पार्न सकिन्छ भन्ने हो । यसको अर्थ के भयो भने यो मुलुकका निम्ति पहिलो प्राथमिकता भनेको आतंकवाद उन्मूलन गर्नु हो । यसलाई उन्मूलन गर्न राजाद्वारा एक्लै सकिन्न, राजनीतिक पार्टीहरूसित मिल्नुपर्छ । यसको अर्थ के पनि भयो भने प्रजातन्त्र पुनर्बहाली प्राथमिक महत्त्वको विषय होइन । यसको अर्थ अझै अर्को के पनि लाग्नसक्ने भयो भने नेपालमा कथित आतंकवाद नभएको भए राजाको यो निरंकुश कदमको अमेरिकाले विरोध गर्ने थिएन । नेपाली जनचाहना भनेको राजालाई राजनीतिक पार्टीहरूसित कसरी मिलाउने भन्ने होइन, जनताको प्रजातन्त्र कसरी पुनर्बहाली गर्ने भन्ने हो । प्रजातन्त्र र मानवअधिकारका पक्षमा खडा भइरहेको अमेरिकी सरकार नेपालमा पनि जनताको प्रजातन्त्र पुनर्बहालीका पक्षमा खडा हुनुपर्छ । महामहिमले नेपाल राज्य, पार्टीहरू र नेपालीको अनुभवलाई सम्मान गर्न सक्नुभएन । राजा र पार्टीहरू एक ठाउँमा भएपछि तथाकथित आतंकवाद समाप्त भइहाल्छ भन्ने राजदूतको भनाइ १० वर्षको हाम्रो अनुभवले सही भन्न सकिन्न । हिंसात्मक समस्या अथवा भनिने आतंकवादको जन्म र विकासका यावत अवधिमा राजा र पार्टीहरू यहाँसम्म कि अन्तर्राष्ट्रिय समुदायसमेत एक ठाउँमा थिए । यो अवधिमा कथित आतंकवाद झन्-झन् विस्तार भयो । असफल भएको अवस्था फेरि सिर्जना गर्दैमा समस्या समाधान हुन्छ भन्ने निष्कर्ष व्यवहारतः गलत छ । बरु किन त्यसो भयो ? कारण पत्ता लगाउने र त्यसलाई समाधान गर्न लाग्नु नै समस्या समाधानको ढोका खोल्नु हुनेछ । कारण पत्ता लगाउन पूर्वाग्रही विचारले काम दिन सक्दैन ।
Read Full Discussion Thread for this article