Posted by: Birkhe_Maila February 16, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरीष गुरु, यो तपाईँको गजलमा, अंतिम स्वर('एको') मात्र मिलाउँदा पनि काफीया ठिक देखिँदो रहेछ नि? एउटा मेरो हेरिदिनुहोस है त, यस्तै खालको छ , तर नमिलेका अनेक कुराहरु होलान त्यो पनि औँल्याइदिनुहोला गुरुहरुले ! गजल- रगतको आहाल देख्दा म तडपिएर लड्छु गुम्स्याएर स्वतंत्रता त्यसै त्यसै सड्छु! बन्दूकको आवाजले सानो छोरो बिउँझन्छ शान्त पार्न छोरोलाई सक्तिन म जड् छु! कतै नाथ्रि फुट्यो अरे कल्कलाउँदो मुनाको आत्मा काँप्छ मेरो तर मुखौटो म ओड्छु! जुर्मुराउँछन मेरा रग रग कयौँ समाचारले तर उठ्न नसकेर बेहोश भै म गड्छु! मन हुन्छ उखेलेर फाल्ने दुषित खम्बा जेलिएको छु यसैमा म कसरि म उड्छु? देख्छु सबै म जस्ता दबीएका मुर्तीहरु “फोरौँ यो जमीन” तिनको आशय म ताड्छु! आज मलाइ बोलायो आमाको त्यो रोदनले भागे अब निंद्रा मेरा संग्राममा म हिँड्छु!
Read Full Discussion Thread for this article