Posted by: rickynepal February 15, 2006
American Embassy
Login in to Rate this Post:     0       ?        
यस्तो नहु“दा सम्म माओवादी एकदिन आफ्नो युद्धबाट थाकेर वा आफ्नो निर्बिरोध शासन भन्दा विशुद्ध बहुदलिय व्यवस्थानै श्रेष्ठकर ठानेर आउ“छन् कि भन्ने आश गर्नु गलत ठहरिने छ। र एउटा संगठित र लोकतान्त्रिक सरकारले मात्रै माओवादीलाई उनीहरुको चाहना नेपाली जनतामा लाद्न मिल्दैन भन्ने कुरा बुझाउन सक्छ। संयुक्त राज्य अमेरिकाले नेपालको नयाँ सरकार जसले लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रताको आदर र समर्थन गर्छ त्यसलाई सहयोग गर्नका लागि बाटाहरुको खोजि गर्नेछ। यसमा शाहि नेपाली सेनालाई दिईने सहयोग पनि पुनः शुरु हुनसक्नेछ। मलाई विश्वास छ, नेपालका अरु मित्रराष्ट्रहरुले पनि यहि गर्नेछन्। मलाई आशा छ मैले प्रस्तुत गरेको निकट भविष्यको रुपरेखा कठिन भएपनि अपरिहार्य भएको महसुस गरिनेछ। यस्तो भविष्यको लागि नेपालका सबै वैध राजनीतिककर्ताहरुको दृष्टि र कुशल नेतृत्व आवश्यक पर्दछ। आफू नेपालमा शान्ति र लोकतन्त्र चाहन्छौं भन्ने चरित्रको बचाव गर्नका लागि दलहरुले पहिला आफ्ना माओवादी सहकर्मीहरुलाई हिंसाको प्रयोग स्वीकार्य हुँदैन भन्ने कुरा सतेच गराउन एक कडा विज्ञप्ति निकाल्न सक्दछन्। दोस्रो, दरवारले एक प्रभावकारी माध्यमबाट नेपालमा लोकतन्त्रको पर्ुनबहाली गर्न र माओवादी त्रासबाट जोगाउन राजनीतिक दलहरुसंग औपचारिक र ठोस वार्ता गर्न तयार छु भन्ने इच्छालाई स्पष्ट पार्नुपर्नेछ। र अन्तमा म माओवादीको निन्दाशील मन्त्रमा र्फकन्छु, “हरेक क्रान्तिमा बलिदानको आवश्यकता पर्दछ” र यहाँ म ती तिन जना मानिसहरुलाई सम्झन चाहन्छु जसप्रति मैले यो वक्तव्य समर्पित गरेको छुं। • विजय लाल दास, धनुषा जिल्ला नेपाल सदभावना पार्टी अध्यक्ष जसले मेयर पदको उम्मेदवारीको घोषणा गरेका थिए • सोही पार्टी त्रिवेणी माझी जो वडा अध्यक्ष पदमा विराटनगर नगरपालिका - १५ मा निर्बिरोध निर्वाचित भएका थिए • मात्र २४ वर्षका जितेन्द्र श्रेष्ठ काठमाडौंमा एक ट्याक्सी चालक थिए माओवादीले यी तिनलाई हालैका दिनमा हत्या गरेका थिए। यो मेरो अनादर हैन। म यी व्यक्तिहरुको यसकारणले सम्झना गर्दैछु कि यसले नेपालमा भइरहेको वियोगान्त स्थितिको हामीलाई सम्झना गराओस्। तीनजनालाई यसकारण मारियो कि कुनै बन्दुक भएको अर्को व्यक्तिले उनीहरुको मृत्युले कुनै एउटा राजनीतिक विचारलाई अगाडि बढाउन सक्छ भन्ने सोच्यो। अर्का चौथो शिकार पनि छन्: उमेशचन्द्र थापा, एक राजनीतिक कार्यकर्ता जो नगर निर्वाचनको विरोध गर्दा सुरक्षाकर्मीको गोलीले मारिए। उनको मृत्युले वैध राजनीतिक दलहरु र सरकार बिचको बढ्दो दुरीको अर्को दुखदायी स्मरण गराएको छ। मेरो भावात्मक आशा यो छ कि उनको मृत्युलाई नजिकैको फाइदाका लागि प्रयोग गरिनुभन्दा सरकार र दलहरु यो बलिदानलाई मेलमिलाप र सम्झौताको निम्ती उत्प्रेरणाको रुपमा प्रयोग गरुन्। नेपाल सामु अहिले तिनवटा भविष्यको संभावना छ - राजा र दलहरु मिले उनीहरुले विशुद्ध लोकतन्त्रको बाटो पहिल्याउन र प्रभावकारी ढंगले विद्रोहको सामना गर्न सक्छन्। राजा र उनको सरकार अरु दमन तर्फ गएमा उनीहरुको प्रयास अन्ततः असफल हुनेछ र नेपालले अझ रक्तपात र दुर्दशा बेहोर्नुपर्नेछ। र यदि हतियार भएका माओवादी र निहत्था दलहरु मिलेर प्रचण्ड र बाबुराम भट्टर्राईको हिंसात्मक क्रान्ति दृष्टिलाई सफलतापूर्वक लागू गर्नसके भने माओवादीले सत्ता लिनेछन् र नेपालले त्यतिबेला बेहोर्नुपर्ने विपत्तिको सामु अहिलेका समस्याहरु फिक्का हुनेछन्। कुन भविष्य रोज्ने भन्ने कुरा नेपालीहरुको रोजाई हो। बाहिरी संसार मद्दत गर्न तयार छ तर गलत बाटो रोजिएमा केही गर्न सक्ने छैन। मलाई तपाईंहरुको देशको माया लाग्छ र मैले भेटेकामध्ये सबैभन्दा राम्रो र लगनशील मानिसहरुमध्ये नेपाली पनि एक हुन्। त्यसकारण म यहाँ उपस्थित सबैजना र मेरो कुरा जुनसुकै रुपमा पनि सुन्ने सबैजनाले आ-आफ्नो ठाउँबाट यस देशका नेताहरुलाई मेलमिलाप, लोकतन्त्र र स्थायी शान्तिको बाटो रोज्न लगाउन आउने हप्ता र महिनाहरुमा प्रयास गर्नुहोला भन्ने म आशा र प्रार्थना गर्दछु। जय नेपाल !
Read Full Discussion Thread for this article