Posted by: rickynepal February 15, 2006
American Embassy
Login in to Rate this Post:     0       ?        
यो सत्य हो कि जब राजाले गत वर्ष राज्यसत्ता आफ्नो हातमा लिए धेरैले आसा गरेका थिए उनको कदमको लागि उल्लेख गरिएका लक्ष्यहरु पुरा हुनेछन्। तर ति भएनन्। धेरै राष्ट्रवादी नेपाली नागरिकले झैं अन्तराष्ट्रिय समुदायले पनि यसलाई पहिचान गरेको छ। सायद सरकारले पनि यस कुरालाई बुझेको छ। तर उ आफु कमजोर देखिने वा नेपालको भाग्य “नियन्त्रण” गरिरहन नपाइने डरले यसका वैध साझेदारहरुसंग मेलमिलापमा आउन चाहेको छैन। पहिलो विषयमा भन्नुपर्दा राजाले दलहरुसंग हात बढाउने र देशलाई लोकतन्त्रमा फर्काउने काम गर्दा कुनै पनि मेलमिलाप र प्रगतिको इमान्दार समर्थकले उनलाई दोष दिंदैन। बरु त्यस्तो निर्णायक नेतृत्वको सबैतिरबाट स्वागत हुने थियो। म फेरी पनि भन्छु नेपालको भाग्य नियन्त्रण गर्ने बारे यहि नै यथार्थ विषय बस्तु हो। वैध नागरिक राजनीतिक शक्तिहरुलाई साथमा नलिएर राजदरवारले देशको भाग्यरेखा निर्माण गर्ने यसको सक्षमता माथिको नियन्त्रण गुमाईरहेको छ। यस ध्रुविकरणले माओवादीको फुटाइ र जीतको रणनीतिलाई सजिलो पार्ने हुनाले उनीहरुले मात्र आत्मबल र प्रभावकारितको लाभ प्राप्त गर्नेछन्। मैले धरै पटक भनिसकेको छु, दुई हप्ता अगाडि अमेरिकी प्रशान्त कमाण्डका कमाण्डरले पनि भने, संयुक्त राज्य अमेरिका राजा र दलहरुका बिच मेलमिलापको लागि निरन्तर आव्हान गर्दछ। नगरपालिकाको निर्वाचन असफल भएपछि गत हप्ता पनि हामीले सो कुरा दोहोऋयायौं। मुख्य अन्तराष्ट्रिय साझेदारहरुले पनि यसै किसिमको बाटोका लागि आग्रह गरेका छन्। आज म यहा“ फेरी त्यही साझा कुरा निवेदन गर्दैछु। तपाईंहरुको संवैधानिक संकट र शान्ति तथा समृद्धिमाथिको अत्यन्त तत्काल, साथसाथै सबैभन्दा लामो गम्भिर खतरा अर्थात विद्रोहलाई प्रभावकारी ढंगले सामना गर्ने अर्को कुनै व्यवहारिक समाधान छैन। संयुक्त राज्य अमेरिकाको विचारमा विश्वासको आधार स्थापना गर्न राजाले मुख्य राजनीतिक दल र नेपाली जनतालाई उनी गम्भीर छन् भन्ने आश्वासन दिंदै यस वार्ताको पहल गर्नु पर्छ। र जब त्यस्तो कार्यको एक पटक थालनि हुन्छ, मलाई विश्वास छ चा“डो भन्दा चाँडो हामी राजनीतिक दलहरुलाई प्रतिकृया दिन र असल नियतले वार्तामा जान आग्रह गर्ने छौं। माओवादीको बढ्दो त्रासलाई प्रभावकारी ढंगको प्रतिउत्तर दिन र लोकतन्त्रको पर्ुनर्बहाली गर्नका निम्ति कडा सम्झौता, कठिन लेनदेन गर्न जरुरी छ। यस्तो सम्झौतामा दिनहु“ पत्रिकामा समाचारको शिर्ष बन्ने र एउटाले अर्कोलाई तल पार्न खोज्ने प्रेस विज्ञप्तिहरुको स्थान हु“दैन। नेपालका निम्ति कुनै न कुनै समयमा दल र दरवारका नेताहरु एक कोठामा बसेर अगाडी बढ्नका लागि कडा विवरण बनाउनै पर्दछ। यो काम अरु कसैबाट हुन सक्दैन। र अवश्य पनि माओवादी बाघ सफलतापूर्वक चढेर फाइदा लिन दलहरु र राजाले सक्ने छैनन्। सजिलै लड्न सकिन्छ …. र बाघहरु भोकाउँछन्। म सोझै भन्छुः नेपालको वर्तमान संकटको समाधान सजिलो छैन। इतिहास र सामान्य बुझाई र तिनीहरुका नेताहरुको अभिव्यक्तिहरुले यो देखाउँछ कि माओवादी जबसम्म आफू विजयी भएको महसुस गर्दछन् तबसम्म उनीहरुले आफ्नो सम्पूर्ण शासनसत्ता हात पार्ने लक्ष्यलाई छोड्ने छैनन्। र जबसम्ा राजा र दलहरु विभाजित रहन्छन्, र माओवादीले विगत दशकमा गरेको प्रगतिलाई परास्त गर्न एक युक्तिसंगत रणनीति बनाईंदैन, माओवादीले आफू विजयी भएको महसुस गरिरहने छ। तितो सत्य के हो भने माओवादीलाई सम्झौता गर्नुपर्ने महसुस तबसम्म हुँदैन जबसम्म उनीहरुले आतंक फैलाएको ठाउँहरुमा निम्न कुरा हुँदैनन्। • सुरक्षा र सरकारी कार्यालयहरुको पुनःस्थापना। • माओवादीको लहडमा भन्दा जनताको चाहना अनुरुपको विकास • सामाजिक र आर्थिक सुधार। • सामान्य राजनीतिक क्रियाकलापहरु, राजनीतिक दलहरुको बिना रोकटोकको उपस्थिति र स्थानीय निर्वाचनको पुनः सुरुवात।
Read Full Discussion Thread for this article