Posted by: rickynepal February 15, 2006
American Embassy
Login in to Rate this Post:     0       ?        
अमेरिकी राजदूतद्वारा १२ बूँदे समझदारीको आलोचना, राजा र दल मिल्न सुझाव अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले सात दल र माअ‍ोवादीबीच भएको १२ बूँदे समझदारीमा माअ‍ोवादीको हातमाथि भएको आरोप लगाउँदै कडा आलोचना गर्दै राजा र दलबीच मेलमिलापका लागि जोड दिएका छन्। राजाको प्रत्यक्ष शासनले उल्टै माअ‍ोवादीलाई बलियो बनाएको भन्दै राजाको पनि आलोचना गरिएको छ। मोरियार्टीको वक्तव्यको नेपाली अनुवादको पूर्ण अंश निम्नानुसार रहेको छ- नेपालको राजनीतिक संकटः सिंहावलोकन अमेरिकी सूचना केन्द्रसँग मिलेर यस कार्यक्रमको आयोजना गर्नु भएकोमा म सोनी र डा. भण्डारी तथा गणेशमान सिंह प्रतिष्ठानलाई धन्यवाद दिन चाहन्छु। आज म मेरो यो मन्तव्य चार नेपाली नागरिकहरुमा समर्पित गर्न चाहन्छु - विजयलाल दास, त्रिवेनी माझी, जीतेन्द्र श्रेष्ठ र उमेश थापा। सबैजना हालसालै बित्नु भएको थियो। संझनारहेसम्म, मैले यी चारजनालाई कहिले भेटेको थिइन्। मन्तव्यको अन्त्यमा म यस सन्दर्भमा पुनः फर्कने छु। म यो सम्बोधन माघ २६ को स्थानीय चुनावको ठीक एक हप्तापछि र राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते सरकारको वागडोर आफ्नै हातमा लिएको एक वर्ष दुई हप्तापछि गर्दैछु। आज म तपाईँहरुसँग यस समयावधिको वारेमा र नेपालको भविष्यको सन्दर्भमा केही विचारहरु प्रस्तुत गर्न चाहन्छु। प्रारम्भमा म यस हप्ता सर्वोच्च अदालतले भ्रष्टाचार नियन्त्रण शाही आयोगलाई खारेज गरेको र यसबाट पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रिहा हुनुभएकोमा ध्यान दिन चाहन्छु। यो निर्णय एक सकारात्मक कदम थियो र यो समस्या विधिको नियम अनुसार समाधान भएको हुनाले आशाप्रद पनि।
Read Full Discussion Thread for this article