Posted by: sajhabusaima February 13, 2006
शाही आयोग खारेज
Login in to Rate this Post:     0       ?        
Dibya Raj Koirala जोतिष जि धन्याबद सम्झनु भएको मा । जोतिष जि तपाइ ले भने जस्तै ज्ञाने ले कुनै जमाना मा पालेको हुनसक्छ पर्योग को लागि तर अहिले ज्ञाने राजा भए पछि होइन किनकि पहिला ज्ञाने ले राजा बन्न को लागि हरेक हत्कण्डा प्रयोग गर्यो तर पछि त्यिनै ज्ञाने का दुस्मन भएर निस्के, कति ज्ञाने को समर्थक हरु अहिले आएर उनका बिरुद्ध मा उत्रि सकेका छन, जस्तो राणा राप्रपा गुट। तर माओबादि को बारे मा एसै भन्न सकिन्न किनकि यिनि हरुले भन्ने कुरा पत्याउन त्यति सजिलो छैन , तिन महिना अघि सम्म गणतन्त्र को कुरा गर्ने यिनि हरु आज राजनिति पार्टि सँग को सम्झौता पछि लोकत्न्त्र गणतन्त्र को कुरा गर्छन। कुनै मेडिया मा हामि ले हिडेका बाटा हरु केहि हद सम्म गलत भन्न झुक्दैनन् भने कहि लोकतन्त्र गणतन्त्र नै गणतन्त्र को लागि खुट्किला बन्न सक्छ भन्न पनि छोडदैनन् ( यो मेरो नितान्त ब्यक्तिगत बुझाइ हो )। अब हामि ले केहि समय प्रतिक्षा गर्नु पर्छ देस को राजनिति ले कुन मोड लिन्छ र ज्ञाने ले कति सम्म झुक्छ राजनैतिक पार्टि सँग किनकि ज्ञाने लाइ राम्रो सँग थाहा छ नेपालि राजनिति मा केहि राजनैतिज्ञ छन र त्यि भनेका बेस्याजस्ता छन जो र जसले पैसा खुवाउन सक्छन त्यसकै पक्ष मा ढल्कने छन भोलि देखि , न त यिनि हरु लाइ देसको हेक्का छ न त नेपालि जनता र प्रजातन्त्र , जे भए पनि राम्रो कुरा को आसा गरौं, र देस मा चाडै लोकतन्त्र को अपेक्षा गर्यौ। हुनत के भन्न सकिन्छ , यदि यिनिहरु ले भने जस्तै कस्टिच्युसनल एसेम्बलि बाट गए भने देस अहिले को स्थिति बाट पार पाउन पनि सक्छ हामि दाजु भाइ , दिदि , बहिनि को बिच को युद्ध बन्द हुन पनि सक्छ तर यिनि हरु को हार भयो भने के भन्न सकिन्छ र यिनि हरु फेरि जङ्गल पसेर आतङ्क नम्चाउलान भनेर। जे भए पनि हामि लाइ शान्ति चाहिएको छ। मुक्ति चाहिएको छ । यो लडाइ यसैको लागि हो , त्यसैले यसमा सत्य कै जित हुन्छ । (केहि गलत भए सच्चाएर पढनु होला र यो मेरो नितान्त ब्यक्ति गत बिचार हो त्यसैले तपाइ ले आफ्नो बिचार राख्न पाउनु हुन्छ गालि नगरि र नहोच्याइ कन। धन्याबद)
Read Full Discussion Thread for this article