Posted by: shree5 February 13, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ह्यात्तेरी, प्रसँग अन्सार यता टाँस्न पर्नी कुरो उता उछिट्टिएछ के, फेरि रिपेट (repeat) अरेँ है । _____________ ए जिम्माल, के को हर्ख छ र हो, तिमीले त पीठो सीठो नि जोगाड अर्न आँटेचौ । बिर्खीनी भाउजुले पुनि दारीगिठाको बोक्रा (makeshift herbal baking powder ;) ) ताछ्दै थिईन अरे केरे - ठूलै जो ताही (सेल पकाउने कराही) बसाम्न आँटे जस्तो छ केरे काका । अब हिजाऽज त तो भेलीथान (valentine) को मेलाँ लाम्चन केरे ठिटा-ठिटीले । कि बिर्खेनी भाउजुलाई लेर कतै जानी सुर छ कि के हो? ससुराली जान पाहुर बनाम्न रोटा पकाम्न लाए जस्तो छ नि ? येसो मलाई पनि एउटा दुनाँ गोडा चारेक घुमाका र अर्सा रोटा राखिदे है, बिहान बिहान तताएर खान मजा हुन्च । मुन्द्रेले तास खेल्न आओ भन्तो काका, त्याँसी फेरि नाकाँ माखा भन्के झै भन्किनी एउटा फिरफिरे घुमाम्दै आको थियो । अब मुन्द्रेका तिरै जो तास खेल्न जान पर्ला जस्तो छ - दोबाटेका दोकानाँ तास खेल्दा मलाई जाद्रै फाप्दैन केरे । गाम्लेहुर सपैलाई Happy Valentine Day है । मया गरम- मया, मया मै छ सँसार । Keep loving...
Read Full Discussion Thread for this article