Posted by: xsajha February 13, 2006
People pass bucket bomb...
Login in to Rate this Post:     0       ?        
Well here it is: बारीको कान्लामा घाँस काट्न गएका देवीराम कुँवर, १४, लाई के थाहा, त्यहाँ बम छ भन्ने । तर, त्यसले उनको बायाँ खुट्टा नै उडाइदियो । अहिले उनी सहाराविहीन अवस्थामा उचित शिक्षाका लागि दाताको खोजीमा छन् । प्यूठानको गोठीबाङ्ग गाविस-१ दिवाङ्का देवीरामको खुट्टा काटेको डेढ वर्ष बित्यो । तर, न बम कसले राखेको हो भन्ने नै थाहा हुन सक्यो, न त राज्यबाट द्वन्द्वपीडितले पाउने सहयोग नै उनले पाए । उल्टै जिल्ला प्रशासन कार्यालयले आफूसँग कुनै पनि रेकर्ड नभएको भनी फर्काइदियो । छोरालाई लिएर सदरमुकाम आएकी उनकी आमा टीकादेवीका अनुसार ०६१ भदौ १२ गते दिवाङ्स्थित सेनाको ब्यारेकछेउमा घाँस काट्दै गर्दा देवीराम एम्बुसमा परे । बम पड्केको आवाजपछि सेनाले उद्दार गरी ब्यारेकमा लगेर प्राथमिक उपचार गर्‍यो । एम्बुलेन्स खोजेर नेपालगन्ज मेडिकल कलेजमा उपचारार्थ पठाइयो । तर, एम्बुलेन्स खर्चबाहेक अरू कुनै प्रकारको आर्थिक सहयोग नभएको टीकादेवीको दुःखेसो छ ।
Read Full Discussion Thread for this article