Posted by: Birkhe_Maila February 12, 2006
KATHA KO DESH
Login in to Rate this Post:     0       ?        
एउटा अफिस जस्तो कोठाको ठुलो हलमा उसके आफूलाई पायो। मान्छेको भिड उसले अनुमान गरेको भन्दा निकै बढि थियो। केहि त्यहाँ राखिएका कुर्सिमा बसेका थिए र धेरै जसो त्यसै उभिएका थिए।अलि पर अर्को छेउमा दुइवटा ढोकाहरु थिए भित्र कोठामा जानको लागि, जुन मद्धे एउटामा अंतरवार्ता लिने मान्छेहरु होलान भन्ने उसले अनुमान गर्यो। ती दुइ ढोकाहरुको बिचमा एउटा ठुलो काउन्टर जस्तो थियो जसको पछाडि एउटी केटी कुर्सिमा बसेकि थिइन्। केटी के भन्नु एउटा सौन्दर्य प्रशाधनको पोको नै थिइन्। "यो रिसेप्सनिस्ट हुन पर्छ!" उसले मनमनै भन्यो र त्यतैतिर गयो। काउन्टर अगाडि पुगेर ऊ उभियो। केटी कम्प्यूटरमा केहि गर्दै थिइन्, पुलुक्क उसलाई हेरेर फेरि आफ्नो काम गर्न थालिन्। ऊ एकछिन त्यसै उभिइरह्यो प्रतिक्षा गर्दै तर उनलाई ऊ त्यहाँ केहि सोध्न आएको संग मानौ केहि मतलब थिएन। "सुन्नुस त?" उसले मुख फोर्यो। " के चाहियो?" केटीले पुलुक्क प्रश्नवाचक दृश्टीले हेरिन् र सोधिन् । उपेक्षित हेराई र रुखो प्रश्न! तर उसको लागि यो अनपेक्षीत भने थिएन। किनभने उसलाई थाहा थियो २६ बर्षे उमेर भए पनिउसको साधारण व्यक्तित्वमा कठालो मैलिएको थोत्रो सर्ट, धुलाम्ये कपाल अनि गरिवी र बेरोजगारीले खाएको अनुहारले अरु विकर्षण उत्पन्न गराएको हुन्छ! “मेरो अंतरवार्ता थियो ११ बजे, म अलि ढिलो भएँ” उसले कुरो ओकल्यो। “अहिले कति बज्यो थाहा छ?” केटीले कड्केर प्रश्न गरिन् मानौँ ऊ ढिलो आएकोमा ऊ संग कड्केर कुरा गर्ने पूर्ण अधिकार छ उनलाई। ”अहिले त साढे एघार भयो, सरि.. अलिकता ढिलो भएछ” ऊ अलि धकाएर बोल्यो, अनाबश्यक अपराधबोधको शिकार हुन्छ ऊ आजकल धेरैजसो। “ढिलो हुनुभो अहिले त पठाउन मिल्दैन, ल त्यहाँ कुरेर बस्ने अरुको सकिएपछि पठाउँला तपाइँलाई” केटी पुन: कम्प्यूटरमा हेर्न थालिन्। “हस!” यति भनेर ऊ भिडमा मिसियो। धेरै बेर कुर्यो उसले। बस्ने ठाउँ नपाएर १ घन्टा भन्दा बढि त उभिएरै बितायो। पछि एउटा कुर्सिमा बसेको मान्छेको अंतरवार्ताको पालो आएको बेलामा कुर्सि खालि भएपछि झम्टिएर कुर्सि ओगटेको थियो उसले र धेरै मान्छेको भिडमा कुर्सि हात पार्न सफल भएकोमा एकछिन खुसि पनि भएको थियो। बिस्तारै मान्छे अन्तरवार्ता दिंदै पातलिँदै गए, र आखिरमा ऊ मात्र बाँकि भयो। ऊ पटक पटक युवती तिर हेर्दै थियो बोलाइहाल्छे कि भनेर। तर युवती भने आफ्नै काम गर्दै थिइन्। सबै गइसकेपछि पनि धेरैबेर उसलाई नबोलाइएपछि सोध्ने निधो गरेर ऊ फेरि काउन्टरतिर लाग्यो। “अब मेरो पालो आयो कि?” उसले झिनो स्वरमा प्रश्न गर्यो युवतीलाई। “ए तपाईँ पो? अंतरवार्ता त सकियो!। सम्झाउनु पर्थ्यो नि तपाइँले अगि नै” युवतीले भनिन्। ऊ अलिकता आत्तियो। “तपाईँले नै एकछिन कुर्नुहोस अरुको सकिएपछि बोलाउँछु भन्नुभएको हैन र” उसले झिनो प्रतिवाद् गर्न खोज्यो। “भनेको त हो नि के गर्ने बिर्सिएँ, सम्झाउनु पर्छ नि” केटिको स्वर अगिको भन्दा अलि कडा भयो। “म त झन कुरेर बसिराखेको” तै पनि भित्र पठाइहाल्छिन कि भनेर उसले भन्यो। उसको यो कुरा सुन्ने बित्तिकै केटी कम्प्यूटर नै चलाउन छाडेर सिधा भएर बसिन् र झन रुखो स्वरमा भनिन्- “हेर्नुहोस मेरो अरु पनि सयौँ काम हुन्छन, तपाइँकै कुरा सम्झेर बस्ने फुर्सद मलाइ हुँदैन, तपाईँ ढिलो आउनुभयो, अंतरवार्ता सकियो, अब तपाइँ जान सक्नुहुन्छ” त्यसपछि ऊ त्यहाँ बसेन, खुरुक्क बाहिरियो। ..क्रमष..
Read Full Discussion Thread for this article