Posted by: miss_ me February 12, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
परछायाँ आज पनि तिमी आएउ खै किन ? सायद म हडबडाए सम्हालिन खोज्दा मैले सोध्न बिर्से। यि बाटोहरुमा एक्लै हिडिरहेछु मानिस हरुको भिडमा म आफूलाई एक्लो पाउछु हल्लै हल्लाबिच पनि स्तब्धता मलाई पच्छ्याउछ र पनि म हिडिरहेछु मानौ म हिड्न चाहान्छु फेरि सोच्छु कतै मेरो हिडाइ निरर्थक त होइन? अनायासै मेरो पाइला रोकिन्छ एक झोक्का चिसो बतास मलाई छोएर जान्छ लाग्छ कोहि मेरो छेवैमा सुमधुर आवाज कानेखुसी गरे जस्तो “किन रोकिएको?” म झस्किन्छु लक्ष मलाइ प्रेरित गरिरहेछ अनि म फटाफट हिड्छु।। दिनभरको घोटाई पछि थकित मेरा पाइला सुस्ताउन चाहान्छु म सजिएको रित्तो कोठा मलाई चिसो अनुभूति हुन्छ म सोच्न थाल्छु के छैन यँहा? के नपाए जस्तो के नपुगे जस्तो सुषुप्तमेरा चाहना हरु कतै गुम्सिएको जस्तो भाउन्न हुन्छ मलाई अनायास मुड्कि बज्रिन्छ टेबलमा खत्र्याक्क आवाज फोटो फ्रेम भुइमा देख्छु म त्यो हातमा लिन्छु अनि हेर्छु तिमी मुस्कुराउदै सोधिरहेकी “किन रिसाएको?” पूर्णताको आभास हुन्छ मलाई जुरुक्क उठ्छु म झस्किएर ठिक अगाडी भित्ताको ऐना मलाई हेर्दै मुस्कुराएको हत्तेरिका!!!!!!!!
Read Full Discussion Thread for this article