Posted by: world_map February 11, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
यो कविताको देशमा त गाउँहरू तीव्र गतिमा बढिरहेका रहेछन्। तरूण तपसी, जासूस केटा, बिर्ख माइला, गोतामेज्यू, मास्टर्नी दिदी, साहिंला, ग्वाँचे सबै मित्रहरूका कविता राम्रा लागे। म चैं धेरै दिनपछि अर्को यौटा कविताका साथ हाजिर भएको छु। अन्यौलको दलदल कोही बन्दूक लिई जंगलतिर कुदीरहेछन् कोही झण्डा लिई सडकमा उफ्रीरहेछन् कोही (राज)दण्ड लिई दरवारमा नाचिरहेछन् के हुँदैछ यो देशमा, खै केही थाहा छैन अन्यौलमा हामी बाँचिरहेछौं अस्पष्टताको पोको साँचिरहेछौं असफलताको प्रश्न जाँचिरहेछौं हामी जनता अन्धकारमा बस्ने कहिले सम्म? कतै बिजुली नभएर अन्धकार छ कतै बिजुली भैकन पनि अन्धकार छ कतै पुस्तक नभएर अज्ञानता छ कतै पुस्तक भैकन पनि अज्ञानता छ कहिले ईटहरीका सडकमा फूलमाला र अक्षता बटुलिन्छन् कहिले तानसेनको गौरवमय ईतिहास भग्नावशेषमा बदलिन्छन् कहिले काठमाडौंका गल्ली गल्ली मुर्दा शान्तिमा कक्रिन्छन् यस्तो किन भैरहेछ, यसको उत्तर मसित छैन यस्तो कहिले अन्त्य हुन्छ यसको उत्तर पनि मसित छैन मसित त छन् केवल प्रश्न अनुत्तरित प्रश्न जस्को उत्तर खोज्न मैले भरमग्दुर प्रयत्न गरें तर अझै पनि असफल छु, र अझै पनि भासिएकै छु त्यो अन्यौलको दलदलमा।
Read Full Discussion Thread for this article