Posted by: miss_ me February 11, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
मलाई पनि सोध्न मन लागेको बिर्खेजीलाई जीवन देखि निरास मात्र किन? तर माथिको एउटा भाव हेर्दा त्यति साह्रै निराशावादी चाँहि होइन जस्तो पनि लाग्यो --- हेर त यो फूल कस्तो खुलेको, तिमी हाँसेको जस्तै। हेर त यो पहाड, यो बहार, कस्तो देखियो, मैले तिमिलाई पाए जस्तै। कस्तो प्यारो यो झरी, मेरो आत्मालाई छुने तिम्रो साथ जस्तै। तिम्रो तसविर भए पुग्छ, म मंदिरको ढुङ्गालाई बिर्सन्छु!---- अर्को पनि मलाईमनपरेको-------- -----तिम्रो नाकको फूलिबाट परावर्तित ज्योतीले, मेरो आँखामा चमक ल्याउँछ र म तिम्रो गालाको लाली हुँदै ति अमृत प्यालाहरुमा हराउँदै तिम्रो मुहार जब हेर्छु, मलाइ तिम्रो सुन्दरताले छोप्छ!------ :)
Read Full Discussion Thread for this article