Posted by: Gautam B. February 8, 2006
Login in to Rate this Post:
0
?
"चुनाव"
-१-
मान्छे कुर्दा कुर्दै
कर्मचारी निदायो-
निन्द्रै पु-यायो।
-२-
ठ्याक्कै १ बजे-
हरियो बर्दी पस्यो,
मूठै खसाल्यो।
-३-
बाक्सा बस्या' हो!
हाल्या' जति पस्या' हो!
'भोट' खस्या' हो!
-४-
सफल भयो!
सय प्रतिशतै भो!
अन्त काँ' हुन्छ!!!