Posted by: Birkhe_Maila February 8, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरीष गुरु मलाइ धेरै मन पर्यो यो शेर! शक्ती बटुल्न ओरालो लाग्यो खहरे अरु ! माटो किन नबगोस् ? भीरले धान्नै छाड्यो भौते गुरु के कुरो हो त्यस्तो गजल लेखनको खुराक भए म पनि भोकाएको थिएँ! सुझाव र आवश्यकता अनुरुप मैले पहिले नै पोष्ट गरेको गजल केहि सुधार गरेर पुन: राख्दै छु। गजल अब दु:ख हुँदैन, आमालाई मनाउन खोज्दै छु बिग्रिएको मेरो घर, अब मिलाउन खोज्दै छु। बाली खाने साहुको, मलामी तयार छन् बन्दकिमा रहेको, खेत छुटाउन खोज्दै छु! उल्टो बगेको बाढिले, लग्यो मेरो घरबारी बाँध बाँधी खोलो, सुल्टो बगाउन खोज्दै छु! ‘नरबलि’ भाईको अब, दिँदैन त्यो पुजारिले मुर्ती फाल्न त्यो, पर्खाल हटाउन खोज्दै छु! कयौँ पटक पोइलिएकी, स्वास्नी नभै भएन! काटेर त्यो ‘जार’, स्वास्नी ल्याउन खोज्दै छु!
Read Full Discussion Thread for this article