Posted by: prajatantra February 8, 2006
Gaijatre election
Login in to Rate this Post:     0       ?        
Real gaijatre news of gaijatre election........... गाईघाटको २ नं वडा स्थित त्रियुगा माविको मतदान केन्द्रमा प्रविण बस्नेतले २० पटकसम्म मत हालेका थिए। स्थानीय पत्रकार कौसल चेम्जोङका अनुसार, पुनः मत हाल्न लाग्दा प्रहरीले उनलाई 'भो–भो अव त नहाल' भनेर रोकेका थिए। वीरगञ्जको वडा नं १४ मा नेका प्रजातन्त्रिकका नेता श्याम पटेल, पत्रकार गोविन्द देवकोटा र श्रीराम रायमाझीको नामबाट वडा नं ७ र ८ मा अर्कैले मत खसालिदिएका छन्। फर्जी मत रोक्न खोजेपछि समाजवादी पार्टीबाट २ नं वडा अध्यक्षका उम्मेदवार जफर अन्सारी र महिला सदस्यको उम्मेदवार नुर्जा खतुनले राप्रपा (कमल थापा) को तर्फबाट वडा अध्यक्षका उम्मेदवार शेख अव्वासबाट पिटाई खाँदा पनि प्रहरीले केही गरेन। सो वडामा फर्जी मत खसालेको आरोपमा प्रहरीले ४ जनालाई गिरफ्तार गरेको छ। पोखरामा त उम्मेद्वारले नै मतदानमा धाँधली भएको जनाउँदै निर्वाचन बहिष्कार गरेका छन्। विनोद धौलागिरी लेख्छन्– आफ्नै परिवारका सदस्यलाई समेत मतदान गर्न नदिएको जनाउँदै नगर प्रमुख पदका प्रत्यासी अम्मरबहादुर गुरुङले निर्वाचन बहिस्कार गरेको घोषणा गरेका छन्। उनले सञ्चारकर्मीसँग भने, “सरकारपक्षले धाँधली गरी बुथ कब्जा गर्‍यो, अब मैले चुनाव जिते पनि यो चुनाव चाहिएन।” उनी राप्रपा कास्कीका जिल्ला सदस्य तथा समाज कल्याण परिषद्का सदस्य हुन्।
Read Full Discussion Thread for this article