Posted by: shree5 February 8, 2006
help need burning real audio songs
Login in to Rate this Post:     0       ?        
हे हे चिरु, अनि तिम्रो छोरा पनि भईसकेछन्। ल मेरो बधाई छ है । कति बर्षको भए नि बाबु ? कस्तो अनलाईन जर्नल भनेको हो र, BLOG भनेको कि restricted (authentication पनि राख्नु पर्ने) खाले भनेको कि? धेरै नै administration गर्न पर्ने भए आफ्नो घरमा नै राखे पनि हुन्छ पुरै सर्भर नै, तिम्रो अपार्टमेन्टबाट नै चलाईदिने पुरै वेब साईट नै । खासै अप्ठेरो छैन, महँगो पनि हुँदैन खास्सै एउटा पर्सनल वेब-स्पेस राख्नलाई त । मेरो बिचारमा वर्षको ५० डलर अर्घेलो लाग्ला तिम्रो घरमा नै राख्नलाई अटुट ईन्टरनेट कनेक्शन बाहेक - जुन तिम्रोमा छँदैछ होला क्यारे (मेरो जस्तो yes yes wireless ले त हुँदैन नि फेरि) । साईट शुरुमा डिजाईन गर्न पनि कि आफैले गरे भईहाल्यो फुर्सदमा, नभए नेपालमा सयौँ कम्प्यूटर ईन्स्टिच्यूट छन्, एक पटक ५० डलर तिरेपछि गज्जबकै world-class साईट बनाईदिन्छन् । मैले अरु साथीहरुलाई पनि त्यही सल्लाह दिने गरेको छु यार। फोनमा कि ईमेलमा गफ गरौँला नि है बिस्तारमा त। अनि आफ्नो त जहान भने पनि कम्प्यूटर, स्वास्नी भने पनि कम्प्यूटर, बाल-बच्चा भने पनि कम्प्यूटर, जति खेर पनि यसैलाई मुसारेको मुसारेई । खुसी भए सल-सल थिच्ने किबोर्ड, रिस उठे ढ्याम-ढ्याम पार्ने, रोमान्टिक फिलिङ्ग भए यताउताको धुलो-कसिङ्गर पुछ्ने - तेस्तो तेस्तो ;) सिभिल ईन्जिनियर भने पनि काम जति सफ्टवेयर आर्किटेक्चर र डिजाईन अनि कम्प्यूटर एप्लिकेशन सँग खच्चर परेको हो के । अनि पनि अलिअलि कुरो त बुझ्न प-यो नि, तिमीले भाउजु र भतिजाको मनपेट बुझे जस्तो त हो नि मैले नि कम्प्यूटरको मनपेट अलि अलि बुझ्नी भनेको । तैपनि बेला-बेलाँ ठुस्किन्छ मेरै कम्प्यूटर पनि ;) मिले मेरो मबाईली फुन मा गर केरे विकेन्ड मा - तिम्रा गामबाट फोकट हुन्छ, मेरो मा पनि आएको त फिरी नै हुन्छ, मैले गर्न परे लक्ष्मी जान्छिन डलरको रेटमा के ;) नभए ईमेल पठाउ, आउँदो विकेन्डमा गर्छु मैले नै फोन । Keep rolling...
Read Full Discussion Thread for this article