Posted by: 1whocandie4u February 8, 2006
La hera sathi ho raja gyane ko sashan
Login in to Rate this Post:     0       ?        
ताजा समाचार:सेनाद्बारा गोली प्रहार एमाले कार्यकर्ताको मृत्यु Wednesday, 08 February 2006 दाङ्ग घोराहीमा सेनाले हानेको गोली लागेर नेकपा एमालेका कार्यकर्ता तथा स्थानीय स्वर्गद्धारी प्रेसका सञ्चालक उमेश थापाको निधन भएको छ। सात दलको नगर निर्वाचन वहिस्कार कार्यक्रमका क्रममा निस्किएको जुलुशमा सेनाले गोली चलाए पछि थापाको मृत्यु भएको हो। २६ माघ दिउसो १२.४५ बजे गोली लागेका थापालाइ स्थानीय अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो । सेनाको गोली लागेका काङ्गग्रेस कार्यकर्ता कृष्ण गिरीको भने उपचार भइरहेको छ। दाङ्ग एमालेले पनि थापाको हत्याको पुष्टि गरेको छ। एमाले केन्द्रिय सल्लाहाकार कमिटीका सदस्य सालिग्राम भण्डारीले यसलाई 'सैनिकिकरणको पराकाष्ठा' भनेका छन्। सैनिक प्रवक्ता नेपालभूषण चन्दले घटना भएको पुष्टि गरेपनि विवरण आइ नसकेको वताए।
Read Full Discussion Thread for this article