Posted by: shree5 February 8, 2006
yes yes wireless internet
Login in to Rate this Post:     0       ?        
अनि एक दिन त अचाक्लि नै भयो र मैले कम्प्यूटरमा हेरेँ- show all available wireless networks भन्नेमा खोलेर । हेरेको त A देखि Z सम्मबाट नाम आउने १५ (पन्ध्र) वटा कनेक्शन पो available रहेछन त । अनि मेरो कम्प्यूटरले चाँहि शुरुमै A बाट नाम आउने लाई नै टिपेर काम गर्दो रहेछ । एकै छिनमा त्यो A बाट नाम उठ्ने बन्द भयो भने कम्प्यूटरले तुरुन्तै र आफसेआफ अर्को B बाट नाम उठ्ने नेटवर्कमा जोडिँदो रहेछ किनभने मेरो रिमोट नेटबर्क सफ्टवेयरले कनेक्सन काटिन थालेमा सकेसम्म तुरुन्तै मर्मत गर्न खोज्दो रहेछ । भने पछि अलि अलि डर पनि लाग्यो - अन्जानमै मैले त कस-कसको ईन्टरनेट कनेक्शन चोरी गरि रहेको पो रहेछु । अनि तुरुन्तै घरबेटीलाई फोन गरेर सोधेँ, अँग्रेजीमा, हाम्रो वायरलेस नेटवर्क को नाम के हो भनेर । अग्रेजी राम्ररी नआउने उनले जवाफ दिए बिचरा "yes yes wireless internet". यस्तै गरेर केही दिन बिते । अनि एक दिन फेरि एकदमै काटिईराख्ने ग-यो कनेक्शन । त्यो दिन रात परि सकेको थियो । भोलिपल्ट बिहानै सँगैको चिनिया रुममेट साथिले चिया पकाउँदै गरेको बेलामा किचेनमा गएँ - जुन गरिँदैनथ्यो अक्सर मैले माथि भने झैँ । अनि सोधेँ उसलाई हाम्रो घरको वायरलेस नेटवर्कको नाम के हो, तैँले सोध न तेरो भाषामा घरबेटीसँग भनेर । उसलाई पनि त्यही समस्या परेको रहेछ - कनेक्शन काटिने र आफ्नो कनेक्शनको चाँहि नाम थाहा नभएको । अनि उसले अर्को चिनिया साथिलाई पनि बोलायो । उ पनि आँखा मिच्दै आयो किचेनमा नै । कुरो झिरिप रहेछ । यो कुरा उनीहरु बिच पहिले पनि भैसकेको रहेछ । तर उनीहरुले के ठानेछन भने wireless router चाँहि म बसेको मेरो कोठामा छ होला र मैले नै केही गडबडी गराईराखेको हुँला । तर उनीहरुको शालीनता हो कि भद्रता नै भनौँ, (हुन त उनीहरुमध्ये स्टुडेन्ट भिषामा आउनेहरु चाँहि धेरै नै introvert हुन्छन - नबोल्नु भनेर सिकाएको हुँदो रहेछ कि कुन्नि के हो) उनीहरुले मलाई केही पनि भन्न सकेका रहेनछन्। भने पछि त ये रात्तै हाम्रो wireless internet को router स्वयम नै वायरलेस (invisible) त छैन । अनि उनीहरुलाई सोध न त घरबेटीलाई भनेको उनीहरु पनि अन्कनाए । मेरो घरबेटीलाई त्यस पछि मैले नै फोन गर्न पर्ने भयो - उनी बिदामा चीन तिर गएका रहेछन, १ हप्ता पछि आउने रे, उनको घरका अरुलाई यसबारेमा केही थाहा छैन रे । उनी आएपछि मलाई फोनमा सम्पर्क गरुन भनेर सन्देश छोडे उनको घरमा नै । अनि आयो भिषण परिक्षण काल हाम्रो । भोलिपल्ट ICT (info & comm tech) का साथिहरुको मद्दतले धेरै कुरा पत्ता लगाईयो । हुँदो के रहेछ भने त्यो A बाट आउने छिमेकीको कनेक्शनमा म लगायत मेरो घरका सबैले जोडेपछि उसको कनेक्शन एकदम ढीलो हुँदो रहेछ र छिमेकीले थाहा पाएर बन्द गरिदिँदो रहेछ पुरै नै । बिचरा उसले आफ्नो काम पनि सबै छोडेर हाम्रो रिसले suicidal रुपमा नै आफ्नो router नै बन्द गर्दो रहेछ जसको पहिलो प्रभाव हाम्रो कम्प्यूटर डिस्कनेक्ट हुँदो रहेछ । तर बिल गेट्सले बनाएको अपरेटिङ्ग सिस्टम विन्डोज पनि के कम- हामी तीनै जनाको कम्प्यूटर अब B बाट नाम आउने दुई नम्बरको वायरलेस नेटवर्कमा जोडिईने । अकस्मात अरु ३ वटा कम्प्यूटर जोडिएपछि त त्यो अर्को दुई नम्बरे चिनीया घरबेटीले पनि थाहा पाउँदो रहेछ- अनि उसले पनि एकै छिनमा suicidal रुपले नै सबै बन्द गरेर बस्दो रहेछ । शायद टिभी हेर्न थाल्दो हो बिचरा कम्प्यूटरमा काम गर्न छोडेर । हामी पनि के कम, कम्प्यूटरमा फेरि थिच्ने, अनि कम्प्यूटर त ३ नम्बरको घरबेटीको मा जोडिन जाने । एवम रीतले ६-७ नम्बरमा पुगे पछि त फेरि १ नम्बरको तयार भई सक्ने । जे होस, हामीलाई अबिरल रुपमै कनेक्शन चाहि प्राप्त भई राख्ने । एक हप्ता पछि घरबेटी आए, अनि यही कुरा बारेमा सोधेको त उसको जवाफ जस्ताको तस्तै छ। अँग्रेजी किन बुझ्दैन थियो बजियाले, नबुझेको स्वाङ्ग पो पार्दो रहेछ त । ततर-पतर भाषामा त उसले फेरि पनि उही कुरा दोहो-याउँछ है , "yes yes wireless internet". लौ त उसो भए ठिकै छ, मेरो कनेक्शनको नाम नै Y बाट उठ्ने "yes yes wireless internet", लौ जा त । धन्य हौ छ़िमेकी, एक पटक फेरि पनि छिमेकी जिन्दाबाद Keep rolling...
Read Full Discussion Thread for this article