Posted by: Bhaute February 7, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
बिर्खे माइला, म चैँ हजुरलाई सहयात्री मानेको छु। हजुरको पछिल्लो पोष्टिङ वास्तविक भैदिए कति सुन्दर हुन्थ्यो जीवन।:-) wretch जी मेरो केर-कारको पाठक हुनुहुँदो रे'छ। खुशि लाग्यो। प्रतिकृयाको लागि मेरो धन्यबाद स्विकार्नुस है। ईश्वर, किन नआउँनु याद। सरलाको नाम जस्तै भावना पनि सरल भैदिएको भए गजलमा पनि अझै सरलता आउँथ्योहोला। :-) गफै त हो। शिरिष गुरुलाई, के भनम खै, इमेलै गरेँ भो। :-) त्यो काफिया छान्दा मलाई पनि अलिकता खड्केकै हो। मैले त सबैमा "टेको" खोजेको थिए। शेरहरुमा आग्रो र गाग्रो हुन लाग्यो, अनि सम्झौता गरेँ। हजुरले अर्को तिर आँखा खोलिदिनु भो। मास्टर्नी नानीलाई ३वटा धन्यबाद। २'टा हजुरलाई, एउटा साथिलाई। :-) जासुस-केटा, हजुरको वाक्य धेरै फेर पढेँ, सोचैँ, घोरिए। यता उता पारेर गजल बनाउन सकिन्छ कि भनेर। अनि तत्कालको लागि योजना बन्द गरेँ। :-) सबैजनाको प्रतिकृयाले म आत्मविभोर छु। :-) -भउते
Read Full Discussion Thread for this article