Posted by: Dibya Raj Koirala February 7, 2006
PRACHANDE DAKAKO INTERVIEW
Login in to Rate this Post:     0       ?        
कान्तिपुर- एउटा छुट्टै प्रश्न, बिन लादेनलाई आतंककारी मान्नु हुन्छ कि हुन्न ? प्रचण्ड- आतंककारी मान्छौं । आतंककारी शब्द प्रयोग नगरेर धार्मिक अतिवादी भन्छौं । उसका गतिविधिलाई आतंककारी गतिविधि ठान्छौं । कान्तिपुर- बिन लादेन र माओवादीबीच फरक के हो ? प्रचण्ड- समानता केही छैन । उनीहरूले गर्ने भनेको धार्मिक पन्थको निमित्त निर्दोष व्यक्तिसमेत मार्ने भन्ने हो । हामी अहिलेको दुनियाको अग्रगामी विचारद्वारा निर्देशित भएर ठीक-ठीक ठाउँमा विद्रोह संगठित गर्छौं । हामीमा केही गल्ती भएका होलान्, कहीँ पनि बिना हिसाबकिताब मान्छे मार्ने, निर्दोष मान्छेलाई मार्न हुँदैन । कान्तिपुर- कुन-कुन घटनामा के-के गल्ती भए भनेर सार्वजनिक गर्न सक्नुहुँदैन ? प्रचण्ड- भन्ने गरेकै छौ हामीले । गलत ठाउँमा गलत तरिकाले भयो भनेर धेरै ठाउँमा भनेका छौं । पत्रकारको सन्दर्भमा आत्मालोचना सार्वजनिकै गरेका छौं, चितवनको बस दुर्घटना गलत ठाउँमा भयो पार्टीनीति विपरीत भयो भनेर कारबाही गरेका छौं । जस्तो दैलेखमा ज्यादती भयो भनेर कारबाही पनि गर्‍यौं । कति त भागे पनि गल्ती गर्नेहरू ! कान्तिपुर- दोषीमाथि कारबाही गर्ने भनेको भाग्न दिनु हो ? प्रचण्ड- हैन, नियन्त्रणमा लिने, पार्टीबाट निकाल्ने हो तर केही भागे । कान्तिपुर- तपाईको पार्टीले कुनै आतंककारी काम गरेको छैन ? प्रचण्ड- कहिलेकाहीँं 'रेड टेरर' दिनुपर्ने अवस्थामा गरेका छौं, क्रान्तिमा कहिलेकाहीँ जरुरी हुन्छ । जस्तो थानकोटमा हामीले आक्रमण गर्‍यौं । एक दुई मान्छे कम अथवा बढी मर्नसक्थे, जहाँ टेरर चाहिने अवस्था हुन्छ त्यहाँ गर्नु पनि पर्छ । तर हामी आतंकवादको विरोधी हौं । कान्तिपुर- उम्मेदवार नमार्ने भनेर मानवअधिकार उच्चायोगलाई दिएको वचन किन तोड्नुभयो ? प्रचण्ड- यसबारे आजैमात्र प्रवक्ता कृष्णबहादुर महराका तर्फबाट वक्तव्य गएको छ । इयान मार्टिन -उच्चायोगका नेपाल प्रतिनिधि) पत्र-पत्रिकामा आएको आयै हुनाले हामीले प्रस्ट गरेका छौं । उम्मेदवारलाई भौतिक कारबाही गर्ने भन्ने हाम्रो आम नीति होइन । कारबाही भनेको सेनालाई सीधै मद्दत गर्ने विरुद्ध हो । नारायण वाग्ले र प्रतीक प्रधान
Read Full Discussion Thread for this article