Posted by: Dibya Raj Koirala February 7, 2006
PRACHANDE DAKAKO INTERVIEW
Login in to Rate this Post:     0       ?        
कान्तिपुर- लेनिनपछि कम्युनिस्ट आन्दोलनमा लोकतान्त्रिक प्रक्रिया देखिएन भन्नुभयो तर तपाईं आफैं पार्टी प्रमुखका रूपमा लामो समयदेखि हुनुहुन्छ, कुनै प्रश्न वा चुनौती नआएर हो त ? प्रचण्ड- लेनिनपछि स्टालिन आउँदा यान्त्रिकता रह्यो र गल्ती भयो । अन्तिमसम्म उहाँ आफैं पार्टी प्रमुख पनि, सरकार प्रमुख पनि । माओ पनि ३५ वर्षदेखि पार्टी नेतृत्वमै रहनुभयो, ७६ वर्ष उमेरमा नमर्दासम्म सरकार प्रमुख रहनुभयो । मरेपछि भोलिको अन्यौल बन्यो । कम्युनिस्ट आन्दोलनमा नेतृत्व पाउन सजिलो छैन, बुर्जुवाहरूको जस्तो । अहिलेसम्म नेतृत्वमा म भएँ तर मै हुनुपर्छ भन्ने छैन । किन पार्टीको विश्वास यही -ममाथि) भयो भने मेरो बीस, तीस वर्षदेखि लगातार संघर्ष छ । आन्दोलनका योजना असफल हुँदै गए कसैले पनि मान्दैन, सफलता पाउँदै गएपछि ठीक छ भन्ने भयो । आन्दोलनले नेतृत्वको टिम तयार पार्ने हो । स्थायी समिति भनेको नेतृत्वको टिम हो । हाम्रो हेडक्वार्टरमा ममात्रै छैन, उहाँ कमरेड -बाबुराम) पनि हुनुहुन्छ, अरू पनि छन् । केन्द्रीय समितिमा हामीले प्रस्तावित गरेका छौं, तपाइर्ंहरूलाई भनिदिएपछि यो सार्वजनिक हुने भयो, काठमाडौं -सत्तामा) पुग्ने बित्तिकै हामी नेतृत्व छोडिदिन्छौं । राष्ट्रपति, प्रधानमन्त्री हुनेतिर हामी लाग्दैनांै । कान्तिपुर- के भूमिगतै बस्नुहुन्छ सधैं ? प्रचण्ड- -हाँस्दै) । भूमिगत होइन । जो यो आन्दोलनमा नेताका रूपमा स्थापित हुन्छौं जस्तो मै भएँ, बाबुरामजी हुनुभयो, बादलजी, महराजी, यस्तो साथीहरूको टिम बनेको छ, यो टिममा पूरै आन्दोलनको एउटा अधिकार आएको छ, यो टिम सत्ताको शक्ति अभ्यासमा लाग्दैनौं । संविधानसभाबाट सत्ता आए पनि हामी त्यसमा बस्दैनौं । हामी स्टेट्सम्यानसिपमा जान्छौं र नयाँ कमरेडहरूलाई पठाउँछौं । कान्तिपुर- मनमोहन सिंह बनाउने, सोनिया गान्धी बन्ने हो ? प्रचण्ड- त्यसरी पनि नभनौं । -हाँसो) कान्तिपुर- पार्टी हाँक्ने, सरकारमा नबस्ने ? प्रचण्ड- होइन, पार्टी पनि छाड्ने हो । कान्तिपुर- अनि के गर्ने ? डा. भट्टराई- गान्धी हुने गान्धी ! प्रचण्ड- हामी स्टेट्सम्यानसिपमा जाने । आन्दोलनबाट आउने अधिकार शक्ति प्रयोगका लागि होइन भन्ने यो एउटा सिद्धान्त हो । कान्तिपुर- गणेशमानसिंह बन्ने ? डा. भट्टराई- हो, गणेशमान बन्ने । प्रचण्ड- गणेशमान भन्न पनि सकिन्छ । म, बाबुरामजी, बादलजी, महराजी, दिवाकरजीहरू दस वर्ष बाहिर बसेर अरू साथीहरूलाई प्रशिक्षित गर्न सक्छौं । न्तिपुर- पार्टी विवाद मिलाउन यस्तो प्रस्ताव आएको त होइन ?
Read Full Discussion Thread for this article