Posted by: Dibya Raj Koirala February 7, 2006
PRACHANDE DAKAKO INTERVIEW
Login in to Rate this Post:     0       ?        
ँDear friends Yo PRACHANDE DAKA TA GYANE BHANDA FATAHA JASTO CHHA NI. हामी यो रक्तपात रोक्न चाहन्छौं’ कान्तिपुर- देशमा शान्ति स्थापना गर्न तपाईंहरूको ँबटमलाइन’ के हो ? प्रचण्ड- संसद्वादी सात दलसँग हामीले जुन समझदारी गर्‍यौं, त्यही 'बटमलाइन' हो । बाह्रबुँदे समझदारी संसारका प्रजातान्त्रिक शक्तिले स्वीकार्न सक्ने र देशको संकटले निकास पाउनसक्ने न्यूनतम आधार हो । समझदारीपछि निकासलाई सहयोग गर्न हामीले युद्धविराम एक महिना थप्यौं । सबैभन्दा लोकतान्त्रिक विधि भनेको जनताको अभिमत लिनु हो । त्यसअनुसार चल्न सबै प्रतिबद्ध हुनेबित्तिकै निकास टाढा हुँदैन । घटनाक्रम र इतिहासले प्रष्ट गरेको के हो भने राजा, दरबार यो चाहँदैनन् । कान्तिपुर- अधिकतम लक्ष्य नि ? प्रचण्ड- कम्युनिस्ट पार्टी हुनाले हाम्रो अधिकतम लक्ष्य समाजवाद, साम्यवाद हो । माक्र्सवाद, लेनिनवाद, माओवादलाई दार्शनिक, वैचारिक मान्यता रूपमा स्वीकार गर्ने हरेकको अधिकतम लक्ष्य त्यही हुन्छ । तर अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र देशको आर्थिक, राजनीतिक, सामाजिक परिस्थितिले हामीलाई अहिले त्यो लक्ष्यमा पुग्न दिँदैन । यो धरातलीय यथार्थ हामीले स्वीकार्नुपर्छ । वर्गशक्ति सन्तुलन र अन्तर्राष्ट्रिय परिस्थितिअनुसार लचिलो हुनुपर्छ भनेर हामीले लोकतान्त्रिक गणतन्त्र र संविधानसभा भनेका छौं । यो नीति हो, ट्याक्टिस होइन । तपाईंहरूका लेख, समाचार टिप्पणी मैले पढ्ने गरेको छु, हामीले बुझाउन नसकेको हुनसक्छ, अथवा तपाईंहरूलाई बुझ्न गाह्रो भएको हुनसक्छ, आफ्नो वर्ग दृष्टिकोणको कारणले, तपाईंहरूले मध्यमवर्गी बुद्धिजीवीको प्रतिनिधित्व गर्ने कारणले भ्रम देखिएको हुनसक्छ । मध्यमवर्गलाई मात्र होइन, बुर्जुवा वर्ग, राष्ट्रिय पुँजीपतिसम्मलाई पनि यो आवश्यक विधि हो । कान्तिपुर- संविधानसभा ? प्रचण्ड- हो । संविधानसभा कम्युनिस्टहरूको माग होइन, पुँजीपतिहरूले धेरै पहिल्यैदेखि स्थापित गरेको लोकतान्त्रिक विधि हो । जनताले धेरै दुःख नपाउन भनेर हामीले यो नीति बनाएका हौं । दरबारीया सामन्ती अभिजात वर्गका मानिस जानीबुझिकन हाम्रो यो नीतिलाई ट्याक्टिसमात्र हो भन्छन् । अर्कातिर विदेशी तागत, मुख्यतः अमेरिकी साम्राज्यवादलाई सबभन्दा बढी डर माओवादी आन्दोलन भएको छ । उनीहरूले हामीलाई तात्कालिक चुनौती भन्ने गरेका छन् । संविधानसभाको परिणाम स्वीकार गर्न हामी तयार हुने, त्यसपछि दलहरूसँग शान्तिपूर्ण प्रतिस्पर्धा गरेर जाने हाम्रो नीति प्रष्ट छ । कान्तिपुर- कसरी ? प्रचण्ड- सात दलसँग हामीले भनेका छौं- तपाईंहरू संसद् पुनःस्थापना चाहनुहुन्छ, हामी त्यसलाई समर्थन गर्न सक्छौं । सर्त के हो भने निरंकुशता लाद्न चाहने राजाबाट पुनःस्थापना प्रयास नगर्नुहोस्, सर्वोच्च अदालतमा पनि छाया परेको छ त्यता पनि नहेरौं । जनताको बीचमा आएर पुनःस्थापना गर्नोस्, हामी जनमुक्ति सेनालाई तुरुन्तै बदलिदिन तयार छौं ।
Read Full Discussion Thread for this article