Posted by: Bhaute February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
होइन, म त जता ततै पुगेको छु कि के हो? ए चिप्ले जी? त्यो गोबर-डिगाहा गएर कस्का घरमा बस्नु भो भन्नुस त? हामेरु त त्यो अहिलेको राज-परिषद हो कि राक्षेस-परिषदको अदच्छे भ'को मुन्छे छ नि, परसुनारायाण हो कि पशुनारायण चौधरी, त्यसैका घराँ बसेको हो ल। आफू चैँ काटमान्डुमा बसेओ थ्यो के रे, घरमा भाइलाई राखेको र'छ, घर कुर्न। अरुका घराँ बास नपाइनि र'छ के रे त्यता तिर। पर्धानकोमा जाउ भनेर सप्पैले उतै डोर्याएर लैजानी। राति दोहोरो भिडन्तमा परेर शहीद भैइला भुन्ने डरले आँखा जिमिक्कै गर्न सकिएन। दिन भरि गधाले जस्तो काम अर्नि, रात भरि कुकुर जस्तो जागा हुँनि भएर झन्डै मरिएन गाँठे। १५-१६ दिन बसेओथेँ म त्याँ पनि। काम सकेसि जीप चढेर धुलो उठाउँदै भालुबाङ निस्केको। :-) -भउते
Read Full Discussion Thread for this article