Posted by: chipledhunga February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
अस्तीन म एता आम्दा पूर्वका गफ भाइराथ्यो आज चाहीं पश्चिमको भाइरा रहिछ । उहिले आफू जवान छँदा अनि देश्मा पनि शान्त्ती छँदा दुई चोटी दाङ र देउखुरी पुगेको थिएँ । कालाकाँटीबाट गोबर डिहा छिरेर केही दिन बसिएको थियो । त्यही मौकामा कोइलाबास पनि गएको थिएँ । गढवाबाट बाटो खत्तमै थियो । कोइलबास त झन् खण्डहर नै जस्तो थियो । त्यहींका एक चिया पसले भन्थे, पूर्व पश्चिम राजमार्ग बनाम्दा चाहिने सामान यही बाटो लान्थे, राजमार्ग बनेछी चाहीं यस्तो छ भनेर । त्यही बेलाँ घोराही र तुलसीपुर पनि गएको थिएँ । लामाहिदेखिन््को बाटो कच्ची नै थियो, हिउँदको बेलाँ गाको बुङ्बुङ्ती धुलो उड्ने । तुलसीपुरमा चाहीं चौबाटोदेखिन् तात्कालिन अन्चलाधिश कार्यालयसम्मको बाटो पक्की थियो, जम्मा २०० मिटर पनि थियो कि थिएन । त्यहीं निरबाट माछा आकारको सल्या्नी खुकुरी किनी एउटा पसलाँ रावडी र चिया खाई देउखुरी झरिएको थियो ।
Read Full Discussion Thread for this article