Posted by: Bhaute February 6, 2006
Login in to Rate this Post:
0
?
लु, फेरि आर्को कुरो नि सम्झेँ घोराहीको। त्यै उपल्लो कुलो ल्याएर पानी हाल्नी भनेर
घोराहीको उत्तर पट्टी भएको ज्ञानेका भरौटे (आर्मी)का अड्डा भन्दा पुर्वतिरको खेत हेर्न भनेर
गइयो के रे। के माछा मार्न झैँ खोला खोला हिँड्नु भनेर माथि बजार बाटै सोझिएम। झोली-
तुम्ली दुर्पिन, दुर्पिनले हेर्न चाहिने भाटाहरु सप्पै बोकेर चैँनि हुलै बाँधेर गएम। त्यो गेटाँ बसेको
अकन्टले त हामीहरु तिनेरुलाई नै मार्न आ'का माओबादि सम्झेछ के रे। झन्डै दिउसै भुटेन
नि हाम्लाई। त्यतिबेला सम्म माउबादीले ब्यारेकमा धावा बोल्न सुरु अरेको थिएन, त्यसैले
बचियो नि। नत्र केका बाँकी राख्थे राक्षेसहरुले। अनि त सप्पै झोला खोतल्न थाले। बम
बोकेका भए त केका लन्ठ्याङ लन्ठ्याङ हल्लिदै त्यसका गेटाँ गएर झोला देखाम्थेम र।
अलि वरै आँपका रुखाँ छेलिएर सिधै हान्दाहुम नि।
डाँकाले झैँ पैसो राख्नि पर्स पनि हेर्न बाँकी राखेनन। त्यो उपर सेँठले त पर्समा त्यो के के
जाति रबरका टोपी पनि बोकेको रे'छ के। सपका माझाँ आर्मीले खोलेर हसरल्लै पार्दियो नि।
झन्डै "यो टोपी-बम बनाउँन बोकेको हो?" भनेर थर्काएन भनम न अब। त्यसको ३-४ हप्ता
पछि त पहिलो पल्ट माउबादीले त्यैँ हाने के रे। त्यस्तो हुनै रे'छ र बिचरा कडिकडाउ गरेको
रे'छ। पछि त्यो आर्मी भाइ सम्झेर दया पनि लागेर आयो मलाई त। ति पनि त परे होलान
नि खै ! १२ जना सिध्या'का थिए के रे।
:-)
-भउते