Posted by: Ocean February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ओहो भउतेया कुराले मलाइ नि दाङ तिर बस्ताखेरि हाम्रा खुम बहादुर दाइ (!!?) को याद आयो ! वहाँ एकपटक दाङ आउने बेला भाग्याबश म पनि तेहिँ थिएँ । म त उनी सँग नजिक थिइन, तर मेरा एकजना अति मिलनसार मित्रको ससुराली तिरको कुन्नी के साइनो पर्ने रे'छ । उनैले "ल आज खुम बहादुर त्याँ पार्टी कार्यालयमा छन् भेट्न जाम" भने । मेरो नि खासे धेरै काम त छैन, जाम त नि भनेर गइयो । उनी आउदा अगाडि दुइटा, पछाडी दुइटा भ्यान (van)हुनि रचन् । ती मध्येको यौटा भ्यान आलिकिति पर लगेर एकान्तमा रोकि राखेको रच । चानस् पनि कास्तो परेच कुन्नी, म त्यो भ्यान राखेको छेवैबाट फर्किदै थिएँ, दुइजना मुसल्टे ढोका खोलेर बाहिर निस्के ! हिन्दाहिन्दै मैले यसो भित्रपट्टी चिहाएर हेरेको त, ओहो झण्डै सातो गएन मेरो ! भ्यान भोरी हतियारै हतियार मात्रै रैचन, अनि हेर्दै डर लाग्नी, खाइलाग्दा भिलेनहरु रुमाल हातमा लिएर ति हतियारको सफाइमा तल्लीन ! नेता तेसै भइँदो रइन्च जस्तो लाओ तेतिबेला !:(
Read Full Discussion Thread for this article