Posted by: Bhaute February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
मास्टर्नी नानी, हउर त त्यतैको पर्नु भो जस्तो छ नि। म टरि गाउँ हैन, बरु घोराहीको उत्तर-पुर्वको मसिना भन्ने गाममा चैँ २५-३० दिन बसेको छु। त्याँ उपल्लो कुलो बाट पानी ल्यार मसिना-गाममा खेत रोप्नी र भात खानी भने के रे मुन्छेहरुले। लउ त नि भनेर जाँच पड्ताल गर्न गइयो के रे। त्याँ पनि त्यस्तै भाथ्यो। एउ ठाममा थेउरेलाइट (Theodolite) भन्ने दुरपिन गाडेर दिन भरि देखिने जति खेत सप्पै हेरियो के रे। सुरुमा त्यो दुरपिनको उचाइ नाप्नु पर्नेकेरे। त्यो उपरसेँठ भन्ने बज्जीया धेरै बाठो भएर नाप्नै बिर्सेछ। भनेको पनि नमान्नि, आफूले नि सम्झेर नअर्नि के मुर्दारले। अप्ठेराँ निस्केको खटिरो जस्तै थियो। साँझ बज्जियालाई रउसी खान हतार भएछ के रे। त्यसको हँस जतिखेर नि रउसिमा बसेको के, के भन्नि अब। हत्त न पत्त उखेलिहाल्यो दुरपिन। दिन भरि गरेको काम साँझ त्यै रउसी सँगै खाइयो। भोलिपल्ट फेरि नाप्न परो नि सप्पै। अनि त्यै बेलाँ खुमे बहादुर भ्रष्टको भान्जिको बिहे परेको रे'छ। बोलाए केरे हाम्लाई नि। मैले बिकास अर्न ला'को भनेर पछि भोट माग्न भनेर होला नि डाँकाले। सक्नको छ डाँका? अन्खेरि नचिनेको ठाममा के जानि हो र ! भने मैले। अनि त त्यै उपर सेँठले जाम जाम मामाले देशै खाएर क्यै भा'छैन, हाम्ले भान्जीको बिहेमा २-४ गिलास रउसि खाएर के हुन्छ र ? भन्यो के रे। ठिकै भने जस्तो नि लायो। अनि मजाले खाएम नि। भोलि पल्ट दिन भरि टाउको भारी भएर कामै गरिएन नि। :-) :-) -भउते
Read Full Discussion Thread for this article