Posted by: Bhaute February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
मु पनि पुग्याथेँ यार त्यो घोराही र तुल्सिपुर त। कुरा अरेको सुनेर झलझली याद आयो। घोराहीको बजारमा त्यो बर्खाको पानी र मुन्छेको पाइखाना'ट निस्किने सप्पै चिज तह लाम्ने कुलेसो र नाला बनाम्नलाई हेर्न भनेर गा'को। २ हप्ता सम्म दुरपिन बोकेर गल्लि गल्लि घुमेको छु म। त्यै बेला तुल्सिपुर पनि हेर्न परो भनेर गा'को। धुलोले मुन्छे र ठुटो नचिनिने भ'र फर्केका थे'म। दुरपिन हेर्दै हिन्दा बिच-बिचाँ कुन चैँ मुर्दारले दुर्पिन हल्लाइदेको रै'छ कुन्नि। काठमान्डु आएर हिसाप किताप अर्दा त बजारको बिचाँ १० मिटरको खाल्टो देखिन्छ के रे। अब क्यार्नु, फेरि नाप्न जान नि सकिएन। त्यै यता उता तानेर मिलाएर सबैकुरो दुरुस्त जस्तो देखाएर कत्रो कुलेसो खन्नी कत्रो पाइप गाड्नि सप्पै भनेर छोडेको हो। क्यारी मिलाए हुनन् कुन्नि बनाउँदा खेरि। हाउँरै अनुसार अरेको भे' त बर्खा मास बजारका बिचाँ फिवाताल हुन्छहोला आजकाल। सम्झेर ल्याम्दा दिक्क लाउछ। हाम्लाई कति सराप्दाहुन बजारबासीले। :-) -भउते
Read Full Discussion Thread for this article