Posted by: Ocean February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
जिम्माल ले गीद त राम्रै गाए तर कुरो को चुरो मेसै नपाइ हाम्रा सिरे काजीसँ के नभको कुरो ला’का होलान् गाँठे ! यी काका नि सिरेसँ साख्खै भ’अस्तो अरेर कुरो अर्दा रचन फेरी ! होइन यो गाम मा के हुन ला’को छ र हो भन्चु ! अब महिनादिन ट नी माथि लाथ्यो ननुहाको, यो जाडाँ तेत्तिकै चुपो ला’र नुआम् भने पनि लगलगि जिउ काम्च, त्यै भ’र एउडो एउडो कुरो नबत्तुराइ जिउमा पानि हाल्नै गारो पर्नि । अँसि त्याँ’ड त्यै गामका आइमाइरु जम्मा भ’र रतेली खेल्दा गाम्नी गीद मुखाँ आओ के रे, त्यै गाउँदै पानी खोत्याउँदै अरेको नी ! अनि जाडा ले द्वाइद्वाइ भ’का बेलाँ के को लाइफबाइ ले न्वाउनी होला ! त्यै बारिका गेरु रँङका ढुँगाले मोएल घोटेको यीनले त लाइफबाइ भन्नी लाउरे साबन जस्तो पो मानेचन् ! अब तो लाटीलाइ पँधेराँ देखेर त्यै बाटो हिन्दानि नबोलाइ हिन्नि, मनाँ के के हो के के पाप सोचेर बस्नी यी जिम्माल पनि अचम्मैका रचन बाबा ठाकुरे ! पैला त तेस्ता थेनन् यिनी, अब अइले “जति बुडो उति फुँडो” भन्यास्तै मनभोरी पाप ले’र के कुरा ला’का होलान् तो सिरेकाजिसँ ग’र !? हुन त कुराको भाँजो हाल्न सारै सिपालु छन् नि यी जिम्माल पनि ! अब हिजो कि अस्ति कइले हो बेडुलाका गेडुलाले हिर्काऽर लाटीलाइ छाता ओड्न पर्नी बना’का थे अरे के रे सिरे ले । तो त भउते ले नि देख्या रचन् । आज ब्यान ब्यानै यति कुरो बना’र लाइदेसी भरे चौताराँ भेट हुँदाऽ घरियाँ यी दुइटा पाखुरा सुर्केर बाझ्लान् र रमिता हेर्न पाइएला भनेर यति जाल बनाका होलान् नि !! हरेऽऽऽ राम ! यो चौताराओ राउनितीयाँ पोल्टिस घुस्योझैँ मान्न लाएँ मैले त !  :) भोक लाओ गाँठे, घर ग'र कोदाओ रोटो हालेर खान परो एउडा !
Read Full Discussion Thread for this article