Posted by: Bhaute February 4, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ए सिरे जवैँ, हजुर त उता घिर्मुन्टिन जान्छु भन्या हैन त? कि हड्डी सड्डी ठुनुक्कै भाँचेर चिप्लेकिरो जस्तो झै गुजुल्टिएर बसेको हो र हो? अस्ति त्यो लाटीलाई बेडुलोका गेडाले हानेर हैरानै अर्नु भे'छ के रे। त्यसले त नदेखेर छाता ओढेर बसेको भुन्नि ठाकेको थिएँ के रे। हैन रै'छ। हजुरलाई देखेकी रैछ के रे। हजुर भने'सि हिरिक्कै हुनीरैछ के त्यो। अनि छोडेर जान पनि मुन लागेनछ। बेडुलाका गेडाले लागेर सारै नै दुख्न थालेपछि छाता ओढ्न थालेकि रै'छ। पैला त मज्जै मानेर बसेकि रै'छ के। नाम पो लाटी, केटी त खस्साकि हो नि। अब सानोमा अलि ढिलो बोलि के त्यो ५ कि ६ बर्षमा बल्ल बोल्न थालेकि हो रे। त्यसैले त्यतिबेला लाटी लाटी भनेको भे'र नामै लाटी भयो के रे त्यसको। अब स्यानो हुँदा आफ्नै फोहोर झुक्केर खायो भने अलि ढिलो बोल्छन भन्छन के रे। त्यो लाटीलाई त्यसकि आमाले सानै देखि डोकोले थुनेर राखेर आफू गाम्को मेलाँ हिँड्नी के रे। अब के के खाई , के को छिट्टो बोलुस त बरा। ऐले त स्वस्थानी पनि खर्रै भन्छे नि त्यसले। हिजो मेरा मिलाँ मकै पिन्न आ'कि थी के रे। अनि खुसुक्क म सँग कुरो गर्दै थी। जमुनिलाई आफ्नै दिदी जस्तै बना'र पुजेर राख्छु केरे। सिरेलाई सम्झाइदेउ न भौतेदाइ भन्दै थिई। पैला त रिसै पनि उठ्यो के रे। आफूलाई एउटीले नि पत्याको छैन, यो सिरेलाई जम्मैले आँखा गाड्नी भनेर। पछि अब लाटीले सिरे पाइन भने झुण्डिन्छु भनेर रुन थाली। ल ल म भन्छु के रे, तर अब ऐलेका कानुन अलि कडा छन्। फेरि जमुनिले उजुर हाली भने तिमेरु दुबैजना झ्यालखाना जान्छौ भनेँ के रे। पैला त झन खुशी भै। दुबै जना झ्यालखानामा सँगै बस्न पाइन्छ भन्ने ठानिछ के त्यसले। अनि पछि के का पाम्नु, तिमेरुलाई गोर्खे लठ्ठी कसेर पाता फर्काएर सिस्नु पानि लाम्दै फरक फरक ठाममा राख्छन भने पछि टोलाउँदै थिइ। क्यारी सम्जाम्नि हो खै त्यसलाई ? हजुर आफैले भने कुरो बुझ्थी कि कुन्नि। :-) :-) -भउते
Read Full Discussion Thread for this article