Posted by: Birkhe_Maila February 4, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
बचन लाओ हैन काका बुडा किन बचन लाम्दाहुम। काकाले मुलाइ ठम्मम्याम्नु भन कि भनेर कुरो अर्या नि। कुरो त हो नि, लाउरे जेठा दाई मु भन्ता कान्चो देखुन्छन् नि। अब मु कसरि ठिटो देखुनु तिमि नै भन त काका। जिनिस जत्रो भुरो हुँदा देखुन् नै काम अर्न थालियो। गोठालो, घर बेशि, मेलापात हुँदा हुँदा हाम्रा घराँ त आइमाई मुन्चे नभर सेउला भारि बोक्ने देखुन लेर भकारो सोर्ने काम पनि आफैले अर्नु परो। इस्कुल जाम जाम लाउदा नि जान पाइएन। लु ठिकै छ लागुर जाम भनेर आँट्दा नि फाल्दियो। जिम्मालनि ल्याएसि त झन कैले बुडिओ गन्थन कैले घरखेतको चटारो, कैले गाम को नियाँ निसाफा बोल्दिनु पर्ने। यस्तै के के जाति कुरो ले खायो काका मुलाई। हेर्दा हेर्दा उमेरले डाँडो काट्या था नै भन। जिन्तगिको उकालो लाउदा लाउदै बाटैमा घाम अस्ताउला अस्तो च काका अब त। चार आना पर्यो आठ आना पर्यो पित्तलको करुवा गरिप को छोरो जाँ गए पनि काँधैमा फरुवा
Read Full Discussion Thread for this article