Posted by: Gautam B. February 3, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
दादाले नेपालटारा'ट चिठ्ठी पठाका रचन्। चौतारीका दम्तरी हो, सबै जिम्दै छौ होला के रे! आफू त नेपालटार आएर GPS गरेर थकाइ मारेर बसिया छ। बिहान गुन्द्रुक र मस्यौराको झोलसँग भात मारेर दिऊँसो घाममा गामका तरुनीहरु भेला पारेर भोगटे साँधेर खान कम्ता अच्छा हुन्न! बेल्का लालेले भन्या ठाममा तुच्च तुच्च पार्न जाने मेसोचैं तेति परेको छैन। बाटैमा सञ्जुको घर पर्छ, म तेता'ट हिनेको गन्धले था' पाऊँछे। अनि बाहिर निक्लेर बाटो छेकिहाल्छे, अनि यत्रो हुन्थ्यो तुच्च तुच्च! बरु ए लाले, तेता झर्ने आर्को चोर बाटो छ कि छैन हँ? अलि अलि खोयाबिर्के नलगाई त के मजा भो र नेपालटार आ'को! बाटाँ पखराको सिडिओले भेटेर मेर भइदिनुपरो हजुर, तिन्टा नगर सजिलै दिम्ला, हजुरलाई मन भे अरु पनि दिम्ला भन्तो। मैलेचैं म तेस्तो राजनीती-साजनीतिमा मतलब राख्दिन भनेर मुण्टो बटारेर हिने। हिन्न त पखरा'ट हिनें के रे तर बाटाभरि मेर हुनैपर्छ कि जस्तो पुनि लाग्यो। स्वस्तिक छाप ला'का बउसा मात्तै दखिने आँखा चिम्ल्यो भने।"जल्ले हानो, उल्ले जानो।" भन्छन् गामघरका बूढापाका, हाताँ आ'को मौका नछोड्ने हो कि जस्तो लागो। तर यस्तो बेला फेरि भनेर मन बुझाएं। गाममा पुगेर सञ्जुलाई " ल हिन्, म मेरमा, तँ उप-मा उठम्।" भनेर जिस्काको त "गएर उठे हुन्छ। मलाई उठ्नु छैन। तर मेर हुने म तिम्लाई छोड्दिन्छु।" भन्छे बा! पहिला त यो यस्तरी बटारिएका कुरा गर्न जान्दिन थी! अहिले यो नेपालटाराँ हावा पनि बटारिया छ कि क्या हो! अरु ठिकै छ दम्तरी हो। क-कल्लाई गुन्द्रुक,मस्यौरा,भटमास चाहिने हो, यै चौताराँ आएर भन्नु। सिरेकी जमुनीकी लागि भने अमिलो दुई माना खोजेर राख्देकी छे सञ्जुले। अरु पनि केहि चहिया' छ र सिरे? बच्चाका भोटा-सोटा पनि चाहिने भे भन्; पशुपति दाइकाँ अडर दिहालुम्ला। तिमारुकै दादा।
Read Full Discussion Thread for this article