Posted by: Nepe February 3, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
बिर्खेजी, उर्दु गजल वार्णिक छन्द (भउतेको शिखरिणी छन्द जस्तै, तर केही उदार नियम पनि भएका) मा लेखिन्छ । - http://www.ebazm.com/beher.htm गैरउर्दु गजल मात्रिक (?) छन्द (सबै पंक्तिहरुमा समान मात्रा हुने) मा लेखिएको देखिएको छ, वार्णिक छन्द कठीन हुने भएर होला । नेपाली गजलकारहरु माझ गजलको बेहर (मात्रा) गन्दा छन्दको भाँती अक्षर (letters) गन्ने कि गीतको भाँती syllables गन्ने भन्ने कुरा अनिर्णित नै देखिन्छ । तपाईले ८+८ (१६ सिलबल) प्रयोग गर्नु भएको देखिन्छ । यो बेहर सबभन्दा प्रचलित हो र साथै खै के कारणले हो सबभन्दा संगीतमैत्री पनि । म syllable गन्ने विधीलाई बढी संगीतमैत्री देख्छु । तर पुराना गजलकारहरु letters गन्ने विधीलाई प्रयोग गरिरहेको देखिन्छन् । बेहरबारे अधिक जानकारी शिरीष राख्छन् । उनलाई पनि सुनम् । *** *** मलाई सबभन्दा बढि मन परेको शेर, खन्याएको माया मेरो, अंजुलीमा अटेन कि? छान्ने बानि भएकोलाई, अंजुली नि झुल भयो अनि यो मिसरा (line) पनि दामी छ, माथिको शेरमा जस्तै अत्यन्त नौलो उपमा भएको कारणले समेत, तिम्रो बैँश बाचा पढ्ने, सार्वजनिक तुल भयो ______
Read Full Discussion Thread for this article