Posted by: kick February 3, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
बाख्राओ कुरो अर्दाखेरी एउटो पुरानो कुरो याद आओ के। एकफेर म सानसानै छँदा हाम्रा घराँ एउटो लामकाने बाख्रो पालेआ थे। तेसैलाई घाँस भनेर एउदिन मेरो दाई र म मिलेर गाम माथिओ खरबारीआँ गएर अमलाको डाला भाँचेर लेइयो। घाँस त मज्जाले खायो बाख्रोले। तर तो खाएको एउछिन पछि त मन्टो बटार्दै, भुइँआँ थचारिदै 'म्या म्या' पो अर्न लाओ गाँठे। ए बाबै के भओ भनेओ त तो घाँस त बाख्रोलाई बिख पो भओ रैच। भओ अब मर्नु? अमलाओ रुख भनेर हामी दुई भाइले त 'लिर्किटी' पो ल्याका रैचम। अमला र लिर्किटीआ डाला चैं दुरुस्तै। तो अमला जस्तो देखिनि लिर्किटी बाख्रालाई खान दिन हुन्न भन्नी हाम्लाई के था। तो त पछि था भओ। विचरो अभाकी बाख्रो नि झुक्कियो भन्न परो। बाख्रो बिखले घिटिघिटी भओ बेला बचाउनी त केइ उपाय जो थेन के रे। बरु सास नफुस्कदै काटि हाल्न तिर पो लाए गाँठे घरा मुन्छेहुर त। सास गै सकेसि त खान अल्ली भएन के रे नि जे भानि। मङ्गो मासु तेसै खेर फाल्न नि भएन। सास नजाँदै काटेर बिलो लाए तेस्को। तेस्तो नि हुनि रैच गाँठे, हैत्तेरिका।
Read Full Discussion Thread for this article